नेपाल बैङ्क लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

डोल्पा, ५ मङ्सिर । 
नेपाल बैङ्क लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा विहिबार दुनैमा आयोजित कार्यक्रममा  बैङ्कका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नु हुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए ।
उनले भने, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैङ्कको उद्देश्य रहेको छ ।” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैङ्कमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे ।
ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैङ्क लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा  धन्यवाद व्यक्त गरे ।
उनहरूले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई  एटिएम कार्र्ड उपलब्ध गराउने जानकारी दिए ।
नेपाल बैङ्क लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

साइपाल, अपिलाई पर्यटकीय गन्तव्य बनाइँदै

नेपाल बैङ्क लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds