सम्पादकीय : नैतिकता छ भने खेलकुद मन्त्रीले राजिनामा देऊ !  

३ कार्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि थिए, तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय नगरी पोखरामा १० औं राष्ट्रिय खेलुकद प्रतियोगिता भव्य समारोहका बिच समापन भएको थियो । उक्त समारोहबाट १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी देउवाले कर्णाली प्रदेशलाई सुम्पिएका थिए । तत्कालिन प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका थिए । राष्ट्रियस्तरका ठुला खेल प्रतियोगिता सञ्चालन गर्ने अवसर नपाएको कर्णालीले खेलकुदको महाकुम्भ मानिने १० औं राष्ट्रिय खेलकुदको झण्डा बोक्न पाउँदा उत्साह मनाएको थियो । उती बेला कर्णालीलाई हर्ष किन पनि थियो भने, संघीयतापछि कर्णालीले आफ्‌नै बलबुतामा १० औं राष्ट्रिय खेलकुदकै लागि झण्डै दुई अर्ब खर्चेर खेल संरचना निर्माण थालेको थियो ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माण थालिएको प्रदेश रंगशालामा खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाउनु नै कर्णालीका लागि हर्षको विषय थियो । कर्णालीको मानक कमजोर ठान्नेहरुको चेत खुलाउने अवसर पनि थियो, १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता । तर, एक व्यक्तिको अनावश्यक लहड र बारम्बारको अस्थिर निर्णयका कारण पोखरामा पाएको राष्ट्रिय खेलकुदको झण्डा कर्णाली पुग्न सकेको छैन । खेल क्षेत्रको विभागिय मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा आएदेखिनै कर्णालीलाई कम आकिरहेका खेलकुद मन्त्री तेजुलाल चौधरीको कच्चा निर्णयका कारण सिङ्गो खेलकुद क्षेत्र नै बन्धक बनिरहेको छ । उनले कहिले खेल पूर्वाधारलाई दोष लगाइरहेका छन्, त कहिले कर्णालीमा खेलाडी, प्रशिक्षक लगायतका पाहुना राख्न आवास अभावको अफवाह फैलाइरहेका छन् । चौधरी मन्त्री भए यता तीन पटक खेलको मिति सरिसकेको छ, भने तेस्रो पटक सरेको मिति पश्चात नयाँ मिति तोक्न उनले आलटाल गरिरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपि शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न मन्त्री चौधरीलाई निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले आवश्यक तयारी पुरा गरी आगामी मंसिरभित्र प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिएको भएपनि मन्त्री चौधरीले प्रतियोगिताको नयाँ मिति तय गर्न राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकसमेत नबोलाएर हिँडिरहेका छन् । मन्त्रीको हैसियतले उनी राखेपको अध्यक्ष हुन् । बोर्ड बैठक आव्हान गर्न पटक–पटक गरिएको आग्रह आलटाल गरेपछि राखेपका पदाधिकारी आजित भएर प्रधानमन्त्री गुहार्ने तहसम्म पुग्न बाध्य बनेका छन् । यो जत्तिको लजास्पद अरु केही हुन सक्छ र ? एक व्यक्तिको लहडले सिङ्गो खेल क्षेत्र बन्धक हुनु हुँदैन । मन्त्री चौधरीको हचुवापनले खेलकुद क्षेत्रमा मात्र होइन आमनागरिकमा गलत सन्देश प्रवाह भइरहेको छ । गतिशिल हुनुपर्ने खेल क्षेत्र मन्त्री चौधरीको अस्थिर चरित्रका कारण खेलाडीको भविष्य अन्धकारतर्फ धकेलिनुलाई सामान्यरुपमा लिन हुँदैन । अर्को महत्वपूर्ण पक्ष खेल क्षेत्रमा भइरहेको राजनीतिको समेत अन्त्य हुनु पर्दछ । एक वर्षसम्म पनि नेपाली खेलकुद क्षेत्रमा देखिने गरी काम गर्न नसकेका मन्त्री चौधरीको भूमिकामा सरकारले पुनःविचारमा गरोस । अब पनि प्रतियोगिताको मिति तय गरी खेलकुद गतिविधिलाई चलायमान बनाउन निर्णायक भूमिका निभाउन नसकिने नै हो भने खेलकुद मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिए हुन्छ ।

सम्पादकीय : नैतिकता छ भने खेलकुद मन्त्रीले राजिनामा देऊ !  

श्री कनकमुनी माविमा शिक्षक बिदाइ : ”

सम्पादकीय : नैतिकता छ भने खेलकुद मन्त्रीले राजिनामा देऊ !  

सल्यानमा सम्पन्न २०औं श्रीकृष्ण जन्माष्टमी गोल्ड कपको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds