सांसद सूर्य ढकालको संघीय संसदमा धारिलो आवाज : “अबको बहस समृद्धि निर्माणमा केन्द्रीत होस्”

६, जेष्ठ २०८२
बाँके ।बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद सूर्य ढकालले संघीय संसदमा देशको समसामयिक समस्या र समाधानबारे गहिरो आवाज उठाउँदै संसदलाई “कुण्ठा र भ्रम फैलाउने थलो नभई, तथ्यमा आधारित निष्कर्ष निकाल्ने स्थान” का रूपमा चित्रण गरेका छन्।

सांसद ढकालले सदनमा दिएको धारिलो मन्तव्यमा अतीतका बहसहरू पुराना भइसकेको स्पष्ट गर्दै अब नयाँ सोच, नयाँ ढंग र परिणाममुखी छलफलको खाँचो औंल्याए। “पृथ्वीको उत्पत्ति हामीलाई थाहा छ, अब कसरी चलाउने भन्नेमा बहस गरौं,” भन्दै उनले रोजगारी, कृषिमा आत्मनिर्भरता, पुँजीगत खर्च, राजस्व संकलन र बढ्दो बेरोजगारी जस्ता विषयमा समाधानमुखी संवाद आवश्यक भएको बताए।

उनले स्पष्ट पारे, “राजनीतिक बहसहरू अब आर्थिक र सामाजिक रुपान्तरणमा केन्द्रित हुनुपर्छ।” उनले सरकारी संयन्त्रको ढिलासुस्तीप्रति आलोचना गर्दै निजी क्षेत्रको तर्फ संकेत गर्दै त्यसको तुलनात्मक गतिशीलता प्रस्तुत गरे।

सांसद ढकालले नेतृत्वको सन्दर्भमा कार्ल मार्क्सदेखि केपी शर्मा ओलीसम्मको योगदान स्मरण गर्दै, ओली नेतृत्वमा संविधान जारी, नाकाबन्दीको असफलता, चुच्चे नक्सा प्रकाशन, तथा ठूला पूर्वाधार आयोजनाहरू कार्यान्वयन भएको उल्लेख गरे।

युवा पुस्तालाई समर्पित सन्देश दिँदै ढकालले भने, “गणतन्त्र ल्याउन लड्नु परेन, अब समृद्ध नेपाल र सुखी नेपाली बनाउन लड्नुपर्ने समय आएको छ।”

राजतन्त्र पुनःस्थापनाको सम्भावनालाई पूर्णतः नकार्दै उनले भने, “मरेको मान्छे फर्किन्न। समयले, चेतनाले र उत्पादन सम्बन्धले राजतन्त्रलाई फालिसकेको छ।”

अन्त्यमा, सांसद ढकालले आफ्नो धारणा पार्टी अध्यक्षको भनाइ उद्धृत गर्दै टुंग्याए, “अमेरिका बन्न अमेरिका लाई शताब्दी लाग्यो, हामीले पनि धैर्यका साथ स्पष्ट नीति र योजनासहित अघि बढ्नुपर्छ।”

सांसद ढकालको यो मन्तव्य संघीय संसदमा विवेकपूर्ण, दूरदर्शी र समाधानमुखी दृष्टिकोण प्रस्तुत गर्ने महत्वपूर्ण हस्तक्षेपका रूपमा हेरिएको छ।

 

सांसद सूर्य ढकालको संघीय संसदमा धारिलो आवाज : “अबको बहस समृद्धि निर्माणमा केन्द्रीत होस्”

सम्पादकीय : गौरवका आयोजनालाई गति देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds