सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट


सुर्खेत । सल्यान बुधबार राति भएको आगलागीबाट दुईवटा घरगोठ जलेर नष्ठट भएका छन् । कालिमाटी गाउँपालिका–२ खैरीगाँडाका ४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकको घरगोठ आगलागीबाट जलेर नष्ट भएका हुन् ।

आगालगीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडा जलेका छन् । केशलाल ओलीको गोठमा रहेका एक गोरु, ११ खसीबाख्रा, दुई दर्जन बढी खुकुरा जलेर बरेका छन् ।

आगलागीपछि परिवारले भने भागेर ज्यान जोगाएका छन् । आगलागीबाट केशलालको तीन लाख र प्रमेको साढे तीन लाख गरी अनुमानित ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्लला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।

यस्तै प्रेम विकको घरभित्र रहेको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाँडाकुडा जलेर नष्ट भएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । ‘गोठमा लागेको आगो घरसम्म पुगेको थियो,’ उनले भने,‘आगलागीको कारण भने खुल्न सकेको छैन ।’

सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट

एसईईको पहिलो दिन नै जाजरकोटमा प्रश्नपत्र आउट

सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट

सुदूरपश्चिम पृतनाबाट भूपू सैनिक सम्मेलन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *