तल्नु–दुनै खण्ड १ अर्ब ७३ करोड लागतमा स्तरोन्नति गरिने

डोल्पा, २ कार्तिक ।

भेरी करिडोरअन्तर्गत तल्नु–दुनै खण्ड स्तरोन्नति हुने भएको छ । दुई खण्ड गरेर लागेको ठेक्कामा १ अर्ब ७३ करोड लागत सम्झौता भएको हो । सो खण्ड कालोपत्रेसहित स्तरोन्नति गरिने भेरी करिडोर कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका इन्जिनियर अच्युत पन्तका अनुसार तल्नु त्रिवेणी खण्ड स्तरोन्नतिका लागि ८८ करोडमा ठेक्का लगाइएको छ भने त्रिवेणी–त्रिपुराकोट खण्डमा ८५ करोडमा ठेक्का लागेको छ ।

‘तल्नु–त्रिवेणी खण्डमा सीएबी कन्ट्रक्सनले ३१ प्रतिशत कम दरमा निर्माणको जिम्मा लिएको छ भने त्रिवेणी–त्रिपुराकोट खण्ड स्तरोन्नति गर्न मैनाचुली सिस्ने जेभीले ४२ प्रतिशत कम दरमा जिम्मा लिएको छ,’ इन्जिनियर पन्तले भने ।

सएबीले गत असार र मैनाचुलीले असोजमा ठेक्का सम्झौता गरेका थिए । तर दुवैले अझै काम सुरु गरेका छैनन् । तल्नु–त्रिपुराकोट सडकखण्डको कुल लम्बाइ करिब ४८ किलोमिटर छ । करिडोरको बीचमा पर्ने आधा दर्जन नदी र खोलामा पक्की पुल बन्न बाँकी छ । मोटरेबल पुल नहुँदा प्रत्येक वर्ष बर्खाको समयमा डोल्पा ६ महिना आन्तरिक सडक सञ्जालमा खुम्चिने गर्छ ।

सुर्खेतको छिन्चुदेखि उपल्लो डोल्पामा पर्ने मोरिम्ला नाकासम्म भेरी करिडोर पर्छ भने यस सडकको कुल लम्बाइ ३ सय ७१ किलोमिटर छ । भेरी करिडोरलाई चीन–नेपाल र भारत जोड्ने त्रिदेशीय सडकमार्गको रुपमा समेत चिनिन्छ । यो करिडोरबाट ०७५ मंसिरमै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

तल्नु–दुनै खण्ड १ अर्ब ७३ करोड लागतमा स्तरोन्नति गरिने

नगर विकास कोषद्वारा १६ अर्ब ऋण प्रवाह

Leave a comment

Your email address will not be published. Required fields are marked *