नेपालगन्ज कनक्लेभ–२०२५’  तयारी पूरा फाइनप्रिन्ट फिभर मुख्य आकर्षण

बाँके, ३ मंसिर । 

नेपालगन्जमा मंसिर ५ गते आयोजना हुने ‘नेपालगन्ज कनक्लेभ–२०२५’का लागि आवश्यक सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । नेपालगन्ज डिस्कोर्षको पाँचौँ संस्करण अन्तर्गत हुँदै आएको यो कनक्लेभमा यस वर्ष ‘फाइनप्रिन्ट फिभर’ विशेष आकर्षणका रूपमा प्रस्तुत हुने छ ।

कनक्लेभका निर्देशक जनक नेपालका अनुसार साहित्य, पुस्तक र समसामयिक मुद्दाहरूमा केन्द्रित विशेष सेसनहरू फाइनप्रिन्ट फिभरमार्फत सञ्चालन गरिनेछन् । त्यससँगै अर्थ, समाज, राजनीति र सिनेमा संवाद जस्ता कनक्लेभका सदाबहार सेसनहरू यस वर्ष पनि मुख्य स्थानमा रहनेछन् ।

कार्यक्रममा वरिष्ठ अभिनेता तथा लेखक राजेश हमालसँग पत्रकार पवन आचार्यले ‘विशेष संवाद’ गर्ने तय भएको छ । हालै बजारमा आएको हमालको पुस्तक ‘युगदेखि युगसम्म’ पछि हुने यो संवाद विशेष चासोको विषय बनेको छ ।

यस वर्षको कनक्लेभले ‘जेनजी विद्रोहपछिको नेपाल : अन्यौल र अवसर’, ‘नेपालगन्ज : आर्थिक राजधानीको नारा र सम्भावना’, ‘डिजिटल युगको दोधार : प्रविधि—वरदान कि अभिशाप’ जस्ता चर्चित विषयमा बहससमेत समेटेको छ । आयोजक टीएस ठकुरीका अनुसार यी सेसनहरूले नेपालगन्जलाई बौद्धिक र विचार आदान–प्रदानको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।

कनक्लेभको अघिल्लो दिन अर्थात् मंसिर ४ गते खेलकुद, खेल डकुमेन्ट्री र ‘सद्भावको सहर’ विषयमा विशेष बहस हुनेछ । त्यसकै निरन्तरतामा मंसिर ६ गते ११औँ धारा नेपालगन्ज म्याराथन आयोजना गरिने छ ।

फाइनप्रिन्ट फिभरअन्तर्गत ‘स्वस्पर्श’का लेखक डा. नवराज केसी, ‘चमेलीको फूल बैजनी रुमाल’ का लेखक सुबिन भट्टराई र ‘ज्ञानिका’का लेखक ददि सापकोटा सहभागी हुनेछन् । यसअघि फाइनप्रिन्ट फिभर नारायणगढ, पोखरा, धनगढी, सुर्खेत, नवलपुर र नेपालगन्जमा पनि आयोजना भइसकेको आयोजकले जनाएको छ ।

नेपालगन्ज कनक्लेभ–२०२५’   तयारी पूरा फाइनप्रिन्ट फिभर मुख्य आकर्षण

भेरी नदीको बाढीले पुरेको फाँटमा हरियाली

नेपालगन्ज कनक्लेभ–२०२५’   तयारी पूरा फाइनप्रिन्ट फिभर मुख्य आकर्षण

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds