दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो, घरेलु हिंसाले लियो ज्यान

दाङ ,२ साउन

दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा घरेलु विवादका कारण एक महिलाको ज्यान गएको छ। गएराति घरेलु झगडाका क्रममा श्रीमान्ले कुटपिट गर्दा ५० वर्षीया गोमा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार, राति करिब १० बजे मादक पदार्थ सेवनपछि श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही क्रममा ३८ वर्षीय जागेश्वर पुनले लठ्ठी प्रहार गरी आफ्नी श्रीमती गोमा पुनको हत्या गरेका हुन्।

लामो समयदेखि घरायसी विवाद भइरहेकामा पछिल्ला दिनमा मद्यपानका कारण झगडा झन् चर्किएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी चौकी कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक मधुकर बिसीको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले अभियुक्त जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।

शवलाई मुचुल्का उठाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो, घरेलु हिंसाले लियो ज्यान

बर्दियामा समावेशी ग्रामीण विकास परियोजना : कोरियाली

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds