सांग्रीला विकास बैंकले राख्यो ठाउँ ठाउँमा जनचेतनामूलक होर्डिङ बोर्ड

दुर्गा विसि
सल्यान ,२ साउन।
सल्यान सल्लिवजारमा रहेको सांग्रिला बिकास बैंक लि. शाखा कार्यालयले समाजिक उत्तरदायित्व वहन गरेको छ ।सल्यान पश्चिम सिमाना धारापनि देखि भेरि पुलसम्म ट्राफिक जनचेतनामूलक हाेडिङ बोर्ड राखेर प्रसंनिय कार्या गरेको छ ।
छिन्चु जाजरकोट सडक खण्डको सल्यान सुर्खेत सिमाना धरापानि देखि सल्यान सुर्खेतकै अर्को सिमाना भेरि पुलसम्मकाे १४ किमि सडक खण्डमा ट्राफिक जनचेतनामूलक सन्देश वाला होडिर्ङ्ग बोर्ड राखेको सांग्रीला विकास बैंक सल्लिवजारकि शाखा प्रमुख विष्णु थापाले जानकारी दिनु भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सल्यान धारापानी देखि देवस्थल भेरी पुल सम्म सचेतनामुलक बोर्ड राख्ने कार्य सम्पन्न भएको जनाएको छ ।






