जेन-जी आन्दोलनकाले चन्दननाथ नगरपालिकामा ९८ लाख बढी क्षति

गाेल्डेन बुढा 

जुम्ला,३१ भदौ।

गतभदौ २४ गते जेन-जी आन्दोलनका कारणले जुम्लाको चन्दननाथ नगरपालिका जुम्लाको शव बहान र एम्बुलेन्स तोडफोड गरेका छन् । आन्दोलनमा सहभागी प्रदर्शनकारीले तोडफोड गरेका थिए।अहिले नगरपालिकाले दिने नियमितरूपमा हुने सेवाप्रवाहमा समस्या भइरहेको छ।जेन-जीमा सहभागीले केही बाइकमा आगजनी तथा ताेडफाे गरे।भने दर्जन सवारी साधन तोडफोड गरिएको छ। नगरपालिका मेयर राजुसिंह कठायतले भने,´कार्यालयमा ढुंगा प्रहार गरेपछि काम नलाग्ने बनाइएको छ। उनका अनुसार दमकल एउटा, एम्बुलेन्स एउटा, शव बाहन एउटा, डोजर एउटा, महिन्द्रा जीप एउटा, हाइलक्स कार एउटा, स्कारपिओ एउटा तोडफोड गरिएको छ।त्यस्तै, ११ वटा मोटरसाइकल स्कुटर तोडफोड गर्नुका साथै आगजनी गरिएको छ ।

त्यसैगरी, डेक्सटप कम्प्युटर दुई थान, एलसीडी दुई थान, एकीकृत सेवा प्रणालीको टोकन मेसिन एक, डिजिटल नागरिक वडापत्र एक, डिजिटल बोर्डको स्पीकार दुई थान तोडफोड भएको छ । साथै, प्रिन्टर एक थान, वाटर डिस्पेन्चर २ वटा, ६६ वटा झ्यालको सिसा, एकीकृत सेवा प्रवाहको कार्यकक्ष, फर्निचरतर्फ कुर्ची २० वटा, सोफा सिट ७ पिस, टेबुल ३ वटा, नगर प्रहरीको लौरी ५ थानलगायतका कार्यालयका सम्पूर्ण सामाग्री तोडफोड गरेर नष्ट भएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार आगजनी तथा तोडफोडबाट नगरपालिकामा ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ मुल्य बराबरको क्षति भएको छ।दमकल,एम्बुलेन्स,शब वहान,डाेजर,महेन्दा जीप,हाइलक्स,स्कारपियाे,एघार वटा बाइक र स्कुटी ताेडफाेबाट कुल ७९ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ मुल्य बराबरको क्षति भएको छ।भने,भाैतिक संरचना ताेडफाेडबाट ६ लाख बराबरको क्षति भएको छ।मेसिनरी सामान( एकीकृत सेवामा रहेका सम्पूर्ण सामानहरुबाट १३ लाख मुल्य बराबरको क्षति भएको देखिन्छ्। यस्तै दमकलमा १ लाख क्षति भएको छ।

एम्बुलेन्समा पाँच लाख,शब वहान पाँच लाख,डाेजरमा १ लाख ५० हजार रुपैयाँको क्षति भएको नगरपालिकाले जनाएको छ।महेन्दा जिप पाँच लाख,हाइलक्स १ लाख ५० हजार,स्कारपियाे,१० लाख र यस्तै एघार वटा बाइकहरु २० लाख १३ हजार ४ सय ३७ रुपैयाँ मुल्य बराबरको क्षतिपूर्ति भएको छ।एक वटा पुर्ण रुपमा बाइक ताेडफाेड गरिएको छ।भने, ४ वटा आगजनी गरिएको छ।६ वटा ताेडफाेड भएका छन्

जेन-जी आन्दोलनकाले चन्दननाथ नगरपालिकामा ९८ लाख बढी क्षति

रूम टु रीड र पिस नेपालको सहयोगमा

जेन-जी आन्दोलनकाले चन्दननाथ नगरपालिकामा ९८ लाख बढी क्षति

जुम्लामा अझै १९ कैदीबन्दी फरार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds