घुयँत्रो: “डाक्टर गए, नेताको नाङ्गो नाच बढे”

त्यसाे त ३ हजारदेखि ३५ सय नपाली दैनिक विदेशिएका छन । अरु विदेशिनु र केही गिने चुनेका मान्छे विदेशिनुमा अन्तर धेरै हुन्छ । विदेशिनुका बाध्यतापनि सबैका आफ्नैछन तर पनि सामन्य मानिस विदेशिँदा त्यसले धेरैलाई असर पार दैन त्यसैले फपनि चर्चा धेरै हुन्न ।तर देशका लागि चाहिने मान्छे विदेशियाे भने उ विदेशिनुमा धेरैकाे दुखेसाे र गुनासाे हुँदाे रहेछ । त्यस्तै चर्चा र गुनासाे रह्याे गंगालाल हृदयराेग केन्द्रबाट राजीनामा दिएर अमेरिकातिर पलायन हुनु भएका डाक्टर रामेश काेईरालालाई लिएर । एक किसिमले भन्ने हाे भने गएकाेबुधबार देखि शुक्रबारसम्मका सामाजिक सन्जालमा उहाँलाई देशछाेडेर जान बाध्य पार्नेहरुका नाम र नातागोता नै काँडेर पाँडेगालिसम्मले सामाजिक सन्जाल छरपस्ट भए । देशका लागि आबस्यक डाक्टरले उ देशमा बस्नै नसक्ने भएपछि छाेडेर जानू पर्दा वा जान बाध्य बनाईँदा उनका विरामीदेखिलिएर सामान्य नागरिकले समेत देश छाेडेर नजान र गएपनि फर्किएर आउन अनुनयविनय गरे । तर शासकहरु भने ती सबै दृस्य हेरेर रमाउँदै थिए हाेलान । अनि कतिपयले त “गयाे” भनेर भाेजभतेरकाे पनि आयाेजना गरे हाेलान । उनिहरुका लागि आबश्यक थिएनन रामेश तर सर्वसाधारण र गंगालाल अस्पतालमा विरामीकारुपमा पुग्ने विरामीका लागि भने उनी भगवानपछिका भगवाननै थिए । त्यसैले पनि उनले देश छाेडदा देश आत्तिएकाे हाे । त्यसाे त नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स लिने ८ हजार ६ सय मध्ये ६ हजार ३ सय डाक्टर विदेशिँदा चर्चा नहुने याैटा रामेश विदेशिँदा चर्चा हुनुमा उनकाे दक्षता र प्रविणतानै हाे । नेपालकाे राजनीति र यहाँका शासक र उनका आउरे बाहुरेका कारण देशका लागि आवश्यक जनशक्ति यहाँ टिक्न सक्दैन, याे कुरा स्वयं ती शासकहरुलाई पनि थाहाछ । तर उनिहरु देशलाई चरनाम नाङ्गो पार्न यसरी लागि रहेकाछन कि देशलाई यसरि चरनाम नाङ्गो पार्दा आँफुहरुपनि नाङ्गिन्झम भन्ने कुराकाे पटक्कै हेक्का छैन । देशचलाउने नेता, सरकार र तिनका परिवारले गरेकाे बेथिति ,भष्टाचार र नाङ्गो नाँच र त्यसबाट निस्किएकाे र निस्कने परिणामका विषयबारे हरेक बिहानिसितै सामाजिक सञ्जाल भरिभराउ हुन्छन । तर पनि उनिहरुलाई आफ्ना विरुद्ध आएका ती समाचार, विचार विश्लेषण र स्ट्याटसले कुनै फरक पार्दैन । बरु उल्टै उनीहरुकाे नियमित दिन चर्यामा के कति कार्यकर्तालाई राज्यसत्ताकाे ढुकुटिमा खेल्ने अबसर दिन सकिन्छ त्यतामात्रै साेच रहेकाे देखिन्छ । त्यसै भएर पनि स्वाभिमानी नागरिक अब याे देशमा बस्न सक्ने स्थिति छैन । यस्ता भ्रष्ट नेताहरुकाे नाङ्गो नाँच हेरेर बस्नुभन्दा त मुलुक छाेडेरै जान चाहने मान्छेकाे जमात ऐले देशमा असंख्यछ । जनताका अगाडि झुठा आश्वासन र फाेस्रा नारा दिएर शासनकाे दीर्घायु चाहने याे सरकारले व्यापार, व्यबसाय , लगानी , उद्याेगधन्दा र कृषिको क्षेत्रलाई समेत चाैपट पारि सकेर अब स्वास्थ्यकाे क्षेत्रमा काम गर्ने राम्रा र देशका लागि आबस्यक पर्ने जनशक्तिहरुलाई देशबाट सदाका लागि बाहिरिन बाध्य पारेर आफ्ना आशेपासेहरुलाई त्यसमा जाेडने र सँधैभरि आफ्नो हात माथि पार्ने जुन खेल खेलि रहेका छन त्याे नै देश र जनताका लागि घातक छ तर के गर्नु उनिहरु( शासकहरु) का विरुद्ध बाेल्न काेहि तयार छैन । बाेलि हाले पनि विराेधि सक्ने हातहतियार लिएर सरकार बसेकाेछ । यसरी देश र जनताकाे निम्ति आबस्यक जनशक्ति लाई विदेशिन बाध्य पारे पनि हामी टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सक्दैनम्। सक्छम्त बस, कमिनिष्ट शासन र शासकहरुकाे जयहाेस । केपि बा जिन्दावाद ।






