एनपीएलको दोस्रो संस्करण भोलिदेखि शुरु हुने

काठमाडौँ,३० कार्तिक ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सोमबारदेखि शुरु हुने भएको छ ।

पहिलो पटक एनपीएल फ्लड लाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानले जनाएको छ ।

एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदै छन् । एनपीएलको उद्घाटन खेल  मङ्सिर १ गते सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

 

 

एनपीएलको दोस्रो संस्करण भोलिदेखि शुरु हुने

सातवर्ष देखि अलपत्र जुम्ला बसपार्क

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds