घुयँत्राे:परिवर्तन? होइन — जंगलमै नयाँ ‘राजा’को बरणी सुरु भयो

ऐले नेपाल जङ्गल राजमा परिणत भएकाेछ । सामाजिक सञ्जालमा आउने त्यहाँका दृष्य हेर्दा जाे काेहिले पनि त्यहाँ सरकार छ भन्ने कुराकाे अनुभूति , आंकलन र अनुमान गर्न सक्दैन । त्यहाँका तस्बिर, गतिविधि र समाचारले हात पाखुरा चलाउनेहरुलेनै ऐले राजगरि रहेकाे बुझिन्छ ।

मानिसहरु सरकारी कार्यालय, आयाेग वा नियाेगमा गएर आफ्नो कब्जा जमाई रहेका देखिन्छ तर त्यहाँ हुनु पर्ने सुरक्षाकाे अनुभूति कसैले गर्न सकि रहेकाे छैन । यति सम्म कि जेनजीका नाममा विद्युत आयाेजना लाई १० प्रतिशत शेयर दिन बाध्य गराईएकाेछ । हिजाे माओवादिले एमाले काँग्रेसले राम्रो गरेनन हामी सत्ताँ गएछि जनतालाई सम्पन्न गराउँछम् भनेर लुटेर खाएजस्तै व्यवहार जेनजीका नाममा भै रहेकाे देखिँदैछ । यदि जेनजीकाे शासनपनि माओवादि र एमालेकाे ओलिकाे जस्तै हुने हाे भने उनिहरु र यिनिहरुमा के फरक भयाे र ! ओलिकाे शासन भष्टाचारकाे विगविगि र बेथितिकाे रेलाेखेलाे देखि दिक्क भएका जनताले जेनजीकाे आन्दोलनबाट भएकाे सत्तापरिवर्तनले धेरै राहत दिन सक्ने अनुमान गरेका थिए । ओलि सत्ताबाट हटेपछि युवाहरुकाे चाहना , जाेशजाँगर र केही गरम्भन्ने उत्कट अभिलाषा बाेकेका युवाशक्तिले राेजेकाे पूर्व प्रधानन्यायाधीश जस्ताे मान्छेलाई परिवर्तनकाे नेतृत्व सुम्पेर प्रधानमन्त्रीकाे जिम्मेवारी दिए पछि अब चाइँ आन्दोलनले चाहेकाे भष्टाचारीकाे सफाया, कार्यकारीकाे निर्वाचन, मन्त्रीमण्डलमा सांसदहरुकाे प्रवेशमा राेक,संसदमा न्युनतम संख्यामा प्रतिनिधित्व लगायत वर्तमानमा देखिएका सम्पूर्ण विकृति र विसंगति नष्ट गर्ने र आन्दोलनका बेला ७७ जनाकाे ज्यान लिने,ताेडफाेड आगजनि र लुटपाटमा संलग्न ब्यक्तिहरुलाई कारबाही गरि देशमा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मा सुशिला कार्किलाई दिईएकाे थियाे तर , प्रधानमन्त्री कार्किले जनताकाे अपेक्षामा यसरी पानी फेर्दिनकि जसकाे बयान गरेर साध्य छैन ।

प्रहरी प्रशासनलाई नियन्त्रणमा लिन नसक्दा अहिले पुलिस फाेर्स बिहान ८ बजेकाे घण्टी बज्दा मेसमा खानाखान जाने र बेलुकि ५ बजेकाे घण्टिमा खानाखान बाहिर निस्कने बाहेक उनिहरुकाे कुनै काम छैन । गाउँ टाेल र बस्तिमा जनता त्रसितछन । आफ्नो सुरक्षा खाेज्दै मानिस पुलिस कार्यालयमा पुग्छ तर पुलिस सुरक्षा र अपराधीलाई कार्वाहिका नाममा आँफुहरुले केही पनि गर्न नसक्ने बताउँदै सरकारी मानाे पचाई रहेकाछन । याे सरकारकाे शिथिल व्यवहार हेर्दा आन्दोलनकाे नेतृत्व गर्ने जेनजीहरु समेत निरास र निस्तेज भई सकेका छन । दलहरु निर्वाचनकाे सट्टा सदन पुनर्स्थापना भनेर अदालतकाे ढाेकामा पुगि सकेका छन । त्यति ठूलाे आन्दोलन जनधनकाे अनगिन्ती क्षति त्यसपछि प्राप्त भएकाे याे परिवर्तन यसकाे उपलब्धिलाई शून्यमा पुर्याउने गरि हुन लागेकाे एमालेकाे सदन पुनर्स्थापन ले त जेनजीकाे आन्दोलन धुलाेमा मेटिने मात्रै हैनकि दलहरु देशमा भष्टाचार र अराजकता अनि बेथिति भन्ने कुरा छैन । ओलिकाे सरकारनै देशमा शासन चलाउन सक्षमछ भन्ने कुरानै प्रमाणित गर्दछ ।

त्यसैले आन्दोलन नै परिवर्तनकाे सम्वाहक हाे भन्ने प्रमाणित गराउनुछ भने प्रधानमन्त्री कार्किले तत्काल भष्टाचारीहरुलाई पक्राउ गरि कार्वाहि गर्दै जाने, आन्दोलनका अपराधीहरु मार्नेदेखि अागजनि र लुटपाट गर्ने सबलाई पक्राउ गर्न पुलिसलाई सक्रिय बनाउने काम गर्नु पर्छ ।यदि याे काम गर्न सकिँदैन भने वर्तमान प्रधानमन्त्रीले देशकाे चावि राष्ट्र पतिलाई बुझाई दिने उता ओलि संसद व्युँताउन गएकैछन र अदालतले नि ओलिलाईनै बुझाइ दिन्छन अनि ओलिलाई नै गरि खाउ भन्देछि झाेलेहरुनि एक्कासी बाैरनेछन र बा बा भन्दै ओलिकाँ पुगेछि ओलिकाे अँझै २५ बर्षकाे राजगर्ने सपना अदालतले नै पूरा गर्दिनेछ । जनताकाे ईच्छा सुशिलाले पूरा नगरेनि झाेलेकाे इच्छा बाले पूरा गर्दिने त हाेलान भन्ने आशमा हामी छाैँ ।

घुयँत्राे:परिवर्तन? होइन — जंगलमै नयाँ ‘राजा’को बरणी सुरु भयो

जुम्लामा कलात्मक गणेश मन्दिर निर्माण, धार्मिक पर्यटन

घुयँत्राे:परिवर्तन? होइन — जंगलमै नयाँ ‘राजा’को बरणी सुरु भयो

सम्पादकीय : डेङ्गी नियन्त्रणमा ध्यान देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds