सुर्खेत महिला जेसीजलाई ‘वोमेन इन सोसल चेन्ज अवार्ड’

सुर्खेत, २९ असोज ।

सुर्खेत महिला जेसीजलाई समाज रुपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएवापत उत्कृष्ट अवार्डबाट सम्मान गरिएको छ । महेन्द्रनगरमा आयोजित नेपाल जेसीज तथा क्षेत्र ‘घ’ जेसीजको संयुक्त आयोजनामा सम्पन्न क्षेत्र ‘घ’ सम्मेलन अन्तर्गत वोमेन इन सोसल चेन्ज अवार्ड बेष्ट कम्यूनिटी इम्प्याक्ट प्रोगाम को अवसरमा सुर्खेत महिला जेसीजलाई उत्कृष्ट सामाजिक रुपान्तरणमा योगदान पुर्याएवापत राष्ट्रियस्तरको सम्मान प्रदान गरिएको हो ।

समारोहका अवसरमा आयोजक, अतिथि, तथा सहभागीले सुर्खेत महिला जेसीजले समुदायमा पुर्‍याएको सकारात्मक परिवर्तन र योगदानको उच्च प्रशंसा गरे। विशेषगरी महिला सशक्तिकरण, स्वास्थ्य, शिक्षा, सामाजिक सचेतना, विकासका कार्यक्रम तथा सामुदायिक सहभागितामार्फत गरेको कामले स्थानीय समुदायमा देखिएका बदलाबको प्रशंसा गरिएको थियो ।

सम्मान ग्रहणपछि सुर्खेत महिला जेसीज वर्ष–२०२५ कि अध्यक्ष कमला बस्याल देवकोटाले समाज रुपान्तरणमा सदैव लागि पर्ने उल्लेख गर्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरिन । सुर्खेत महिला जेसीजका सम्पूर्ण पूर्वअध्यक्षज्यू, वर्तमान बोर्डका पदाधिकारी ज्यूहरू, सदस्यहरू र शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद, उनले भनिन्, तपाईंहरूको अमूल्य समय, मार्गदर्शन, सुझाव र सहयोगले हामीलाई यो राष्ट्रीय सम्मान प्राप्त गर्न सहयोग पुर्‍यायो ।

आगामी दिनहरूमा पनि यस्तै सद्भाव, समन्वय, सुझाव र मार्गदर्शन जारी रहने आशा गर्दछौं । यो सम्मानले सुर्खेत महिला जेसीजको विश्वास र प्रतिष्ठालाई अझ बलियो बनाउने उनको विश्वास छ । साथै, यो अवार्डले अन्य स्थानमा रहेर काम गर्ने स्थानीय महिला संगठनहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको उनले बताइन ।

यस राष्ट्रिय सम्मानले सुर्खेत महिला जेसीजले विगतमा सञ्चालन गरेका विविध कार्यक्रमहरूजस्तै स्वास्थ्य शिविर, महिला साक्षरता, आर्थिक सशक्तिकरण, वातावरणीय परियोजना, बाल विकास सहयोग कार्यक्रम आदिप्रतिको स्थानीय र राष्ट्रिय स्तरमा विश्वास अभिवृद्धि गर्न थप मद्दत पुग्ने उनले बताइन ।

आगामी दिनहरूमा सम्मानलाई नयाँ उचाइमा पुर्‍याउन साझेदारीमार्फत नवीन कार्यक्रम, प्रशिक्षण र स्रोत अभावलाई अवसरमा रूपान्तरण गर्दै अझ व्यापक गतिविधि सञ्चालन गर्ने योजनासहित सुर्खेत महिला जेसीज अघि बढेको अध्यक्ष बस्यालले बताइन । सम्मेलन उद्घाटन तथा पुरस्कार वितरण समारोहमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं क्षेत्र ‘घ’ प्रतिनिधि जेसी सौरभ श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जेसी रजनी थापा, क्षेत्र ‘घ’ का राष्ट्रिय उपाध्यक्ष जेसी धनराज कँडेल लगायतले विशेष उपस्थिति जनाएका थिए ।

सुर्खेत महिला जेसीजलाई ‘वोमेन इन सोसल चेन्ज अवार्ड’

ऊर्जा दक्षता प्रवद्र्धन गर्ने उद्योगलाई अनुदान वितरण

सुर्खेत महिला जेसीजलाई ‘वोमेन इन सोसल चेन्ज अवार्ड’

पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि…

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds