रूम टु रीड र पिस नेपालको सहयोगमा श्री कनकमुनि मा.वि.मा बालमैत्री पुस्तकालयको सुरुवात

कपिलवस्तु,३० भदौ।

श्री कनकमुनि माध्यमिक विद्यालय, जगदीशपुरमा सोमबार एक कार्यक्रमका बीच बालमैत्री पुस्तकालयको उद्घाटन सम्पन्न भएको छ। रूम टु रीड र पिस नेपालको आर्थिक तथा प्राविधिक सहयोग, कपिलवस्तु नगरपालिकाको सहकार्य तथा विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रम अत्यन्तै उत्साहजनक बनेको थियो। साना साना विद्यार्थी भाइबहिनीहरु बालमैत्री पुस्तकालयमा चित्रै चित्रले भरिएका कथाका किताब हेर्न र पढ्न पाउदा निकै उत्साहित देखिएका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले  बालमैत्री पुस्तकालयको स्थापना सँगै बालबालिकामा नयाँ कुरा सिक्ने र पढ्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले रूम टु रीड र पिस नेपालले विद्यालयमा अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिएको भन्दै आभारसमेत प्रकट गर्नुभयो।

यस्तै,  विद्यालयका सहायक प्रधानाध्यापक बन्शिधर हलुवाईले पुस्तकालयको स्थापना मात्रै नभई यसको संरक्षण र निरन्तर सञ्चालन विद्यालय समुदायको जिम्मेवारी भएको बताउनुभयो। उहाँले पुस्तकालयमार्फत विद्यार्थीहरूमा ज्ञानप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो।

पुस्तकालय उद्घाटन अवसरमा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरू बीच चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा आर्यन मुराउ प्रथम, रसिदुन निशा द्वितीय र खुसी राना तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

त्यस्तै, कक्षा १ र २ का विद्यार्थीहरू बीच पठन सीप प्रतियोगिता समेत आयोजना गरिएको थियो। कक्षा १ तर्फ रेसिका केवट प्रथम, अन्कित केवट द्वितीय र बन्धनी केवट तृतीय भएका छन्। कक्षा २ तर्फ जस्वन्ती मुराउ प्रथम, शिवाङ्गी यादव द्वितीय र प्रेम वरई तृतीय भएका हुन् ।

विद्यालयकी शिक्षिका अनिता गुरुङका अनुसार प्रतियोगिताबाट विद्यार्थीहरूमा पठन सीपको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

विजेता विद्यार्थीहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको पिस नेपालका साक्षरता  सहजकर्ता नागेन्द्र यादवले जानकारी दिनुभयो। उहाँले रूम टु रीड र पिस नेपालले बालबालिकाको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

पुस्तकालय उद्घाटन कार्यक्रम विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

रूम टु रीड र पिस नेपालको सहयोगमा श्री कनकमुनि मा.वि.मा बालमैत्री पुस्तकालयको सुरुवात

जुम्लामा सहुलियत मुल्य पसल संचालन

रूम टु रीड र पिस नेपालको सहयोगमा श्री कनकमुनि मा.वि.मा बालमैत्री पुस्तकालयको सुरुवात

जेन-जी आन्दोलनकाले चन्दननाथ नगरपालिकामा ९८ लाख बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds