घुयँत्राे:”२३ भदौको सबक: अब नेताले भ्रष्टाचार अघि मिति हेर्छन्!”

दुई दिने आन्दोलनले देशमा ठूलै उथलपुथल भाकाेछ ।याे परिवर्तनलाई सिध्याउन तराईबाट उपेन्द्र , काँग्रेस र उनका आसेपासे,एमालेबाट ओलि र झाेले,माओवादिबाट प्रचण्ड र भष्टाचारमा लिप्तहरु फेरि सडकमा आउन सक्छन । ऐलेसम्म ६ दर्जन बढि जनताकाे बलि खाईसकेपछि पनि भष्टाचारी नेताहरुकाे अनुहारमा थाेरैमात्र पनि पश्चातापकाे संकेत देखिँदैन । नयाँ शिराबाट देश चलाउन र भष्टाचारीकाे अन्त्य गर्ने म्यान्डेटलाई कार्यान्वयन गर्न जन्मिएकाे सरकारलाई गैर संवैधानिक र अलाेकतान्त्रिकाे संज्ञा दिँदै प्रेस विज्ञप्तिका माध्यमले सार्वजनिक हुँदै आफ्ना कार्यकर्तालाई आन्दोलनका लागि उक्सायाई रहेका छन । तीनिहरुकाे याे कर्तुतलाई पनि हेरेर आन्दोलनकारी युवाहरु सजग हुनु पर्ने देखिन्छ भने देशमा ध्वस्त भएका संरचनाहरु कसरी निर्माण गर्ने र त्यसमा जेनजीहरुलाई कसरी प्रयाेग गर्ने भन्नेतिरनि गाैर गरेर लाग्नु पर्ने देखिन्छ । अहिलेकाे २ दने आन्दोलन अनि यस बेलामा देशैभर भएका विध्वसंकारी घटनाघटनु भनेकाे भ्रष्ट नेताहरुप्रति जनताले देखाएकाे आक्राेसले नै हाे ।देशमा भएकाे धनजनकाे क्षति पुरति गर्दै देशलाई समृद्ध बनाउन राष्ट्रिय ढुकुटि अर्थात सरकारी रकमबाट मात्रै सम्भब छैन । त्यसका लागि स्वदेशमा भएका युवाजनशक्तिकाे भाैतिक परिचालन र विदेशमा रहेका नेपालिहरुबाट पनि सक्दाे आर्थिक सहयाेग र सुझाब लिएर अनुकुल वातावरण र ऐन नियमकाे निर्माण गर्दै दैनिकरुपमा भष्टाचारी र भष्टाचारकाे खेललाई नियन्त्रण गर्न सकियाे भने परिणाम सकारात्मक आउँदै जानेछन । यसका लागि ब्यवहारिक संयन्त्र र त्यसकाे नियमित निगरानी गर्दै भष्टाचार गरेकाे भेटिने बित्तिकै तत्काल कार्वाहि गरी भाेलिकाे दिनमा काेहिपनि भष्टाचारतिर आकर्सित हुनै नसक्ने बाटाे अपनाउन सकियाे भने क्षति भएकाे धनजन र नाेक्सान भएका भाैतिक संरचनाहरुलाईनि ठड्याउन सक्छाैँ र बिस्तारै आन्दोलनका घाउचाेटहरु सन्चाे हुँदै जानेछन भने ती विभत्सरुपमा हाम्रा आँखा अगाडि देखिने गरेका दृष्यहरु पनि धुमिल हुँदै जानेछन । त्यसैले अबकाे सरकारले काम गर्दा ओलिले जस्ताे टुक्का हालेर अलमल्याउने र देउबाले जस्ताे निरीह बनेर जनताबीच प्रस्तुत हुने भन्दा परिणाम दिने खालका काम गरेर जन विश्वास आर्जन गर्नु पर्छ र अब देशमा निर्माण गरिने कानुनले स्वदेशि हुन वा विदेशि लगानि कर्ताहरुलाई लगानि सहज र सुरक्षाकाे ग्यारेन्टी दिने खालका कानुन बनाउनु पर्छ । फेरि पनि याे सरकारले हिजाेका सरकारले जस्ताे हरेक ठाउँमा बाधा अबरेाध हाल्ने, दलाल र भष्टाचारीहितका कानुन बनाउने र त्यस्ताे कानुन बनाई दिए बापत आफ्नाेनिजि ढुकुटि भर्ने काम गर्न थाल्याे भने अब जनताले छाेडनेवाला छैनन । त्यसैले अबका दिनमा कर्मचारी हुन कि नेता,ठेकेदार हुनकि व्यबसाय सन्चालक, किसान हुनकि व्यापारी,शिक्षक हुन कि पुलिस हरेक क्षेत्रका मान्छेले काम काे शुरुवात गर्नु अघि मैले यहाँ गलत गरेँभनेँ भदाै २३ र २४ का दिन मेरा लागि पनि आउँछन भन्ने साेचेर काम गराैँ देश बनाउन सकिन्छ । यद्यपि याे सरकारले पाएकाे छ मैनाकाे म्याण्डेटमा भनेजति र चाहेजति काम नहाेला तर भाेलिका दिनमा आउने सरकारले कतै पनि बदमासी गर्न नपाउने र बदमासी गर्न खाेज्याे भनेनि त्यस्लाई तत्काल राेक्न सक्ने बाटोहरु काेर्न सकियाे भने जेन्जी पुस्ताले गरेकाे याे आन्दोलन अत्यन्त सफल मानिनेछ । हैन फेरि पनि छ मैना पछि आउने निर्वाचनमा नेपाली जनताले तिनै भष्टाचारीहरुलाई मत दिएर आफ्नाे प्रतिनिधि छाने र प्रतिनिधिले पनि आन्दोलनकाे भावना र मर्मलाई बिर्सेर २३ भदाै अघि देश जुन अबस्थामा थियाे त्यै अबस्थामा लगेर जनतामाथि शासन गर्न थाले भने जेनजीले देशका लागि गरेकाे आन्दोलन निरर्थक हुनेछ भने जनता भष्टाचार र भष्टाचारिकै पक्षमा छन भन्ने कुरा कसैले कसैलाई बुझाई रहनु पर्दैन । अनि हामीपनि मुख थुनेर बस्नुकाे विकल्प हुने छैन ।

घुयँत्राे:”२३ भदौको सबक: अब नेताले भ्रष्टाचार अघि मिति हेर्छन्!”

रेबिज संकास्पद घरपालुवा कुकुरले टाेकेपछि १४ जना

घुयँत्राे:”२३ भदौको सबक: अब नेताले भ्रष्टाचार अघि मिति हेर्छन्!”

नेपालगन्ज नाका खुल्दा सीमा बजारमा भीड, भन्सार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds