सिंजामा दुईवटा बेलिब्रिज पुल बन्दै

गाेल्डेन बुढा

जुम्ला,३० साउन।
२०७९ साल असोज महिनामा परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाको सिंजा -३ मा रहेको बेलिब्रिज पुल बगाउन नसके पनि क्षत विक्षत बनाएको थियो।गाउँपालिका केन्द्र नराकोटदेखि नाग्म गमगढी सडक जोड्ने उक्त पुलले सिंजा-२ लाई समेत यातायातसँग जोडेको थियो।बाढीले पुल काम नलाग्ने भइसकेको थियो,स्थानीय पुल हेरेर काठको फड्के तरेर वारपार गरिरहेका थिए।’ढुक्कसँग पुलमा मोटर चढेर वारपार गर्ने सिंजालीको सपना पूरा हुन सकेन्। ‘पुलमा भर्खर भर्खरै गाडी गुड्न सुरु भएको थियो।बाढीले पुलमा गाडी चल्ने स्थानीयको सपना तुइए।पुनः बन्ने नबन्ने अन्याैता थियोे।स्थानीय पुल नहुँदा स्थानीय डेढ दुई घण्टा हिँडेर वारपार गर्नुपर्ने अवस्थाले निराशा थिए।’ अब, उक्त बेलिब्रिज पुल बन्ने निश्चित भएको छ।

सिँजा गाउँपालिका अनुसार यस पटक उक्त पुल तथा गाउँपालिकाबाट रनुखाना गाउँ जोड्ने मोटरबल पुल पनि निर्माण हुने भएको हो ।उक्त दुईवटा पुल निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ३९ लाख रुपैयाँ समपुरक अनुदानबाट बजेट आएकाे अध्यक्ष गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।यस्तै गाउँपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सवैभन्दा ठूलो ठोस योजना दुईवटा पुल निर्माण कार्यमा प्रथामिकता दिएको हो।कुुल ७ करोड रुपैयाँ पुल लागत भएका ति पुलको यस वर्ष तीन करोड ३९ लाख रुपियाँको ठेक्का भएर काम अगाडि बढ्ने अध्यक्ष धिताल बताउँछन्। सङ्घीय अनुदानसँगै गाउँपालिकाले एक/एक करोड बजेट विनियोजन गरेको छ।

अहिले गाउँपालिकाले दुईवटा मुख्य पुलहरुका लागि बजेट विनियोजन गरेपछि स्थानीयमा खुसी छाएको छ।कोटेसाँघु र रनुखानाका पुल सिँजाका जनताको आवश्यकता सहजता पुर्‍याउनेछ। दुईवटा पुलले सबै सिंजालाई जोड्ने लक्ष्य छ। गाउँ बस्ती र वडासम्म पुग्न सहज हुनेछ। विकास निर्माणको अनुगमन गर्नदेखि जनताको सेवा घरदैलोसम्म छिटोछरितो हुनेछ। सुर्खेत नेपालगन्ज हुँदै मुगुको रारा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पालिका केन्द्रसम्म आइपुग्न सहज होस् भन्ने हिसाबले पुल बनेको हो। अध्यक्ष धितालले भने।

सिंजामा दुईवटा बेलिब्रिज पुल बन्दै

वर्षा लागेपछि निद्रा हराउने जुम्ला पातारासी चौरगाउँको

सिंजामा दुईवटा बेलिब्रिज पुल बन्दै

स्काई ड्रिमको नेटवर्किङ ठगी धन्दा प्रकरण :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds