वर्षा लागेपछि निद्रा हराउने जुम्ला पातारासी चौरगाउँको पीडा

काली बहादुर परियार

जुम्ला,३० साउन ।

पातारासी गाउँपालिका–३, चौरगाउँ पहाडको काखमा टाँसिएको यो सुन्दर गाउँ, वर्षामा हरियाली र फुलले भरिपूर्ण देखिन्छ। समुन्द्र सतह देखि छुमचौर दुई हजार आठ सय ५० मिटर उचाइमा पर्छ।

गिनिज बुक अफ ओल्ड रेकर्ड नाम राखेकाे उक्त चाैर गाउँ आफै सुरक्षित छैन । आन्तरिक तथा बाह्य पर्यटककाे सम्भावना रहेकाे चाैर गाउँका बासिन्दा आफै सुरक्षित नहुदा दुखि देखिन्छन् ।

अन्य समयमा आफ्नै खेतीपातीमा रमाएका चाैर गाउँका बासिन्दा तर वर्खा लाग्ने बित्तिकै यहाँको सुन्दरता त्रासमा बदलिन्छ। नदीको गर्जन, ढुंगा,माटोको गर्जन, अनि वर्षाको अविरल छपक्क बर्सिने आवाज, यी सबैले यहाँका बासिन्दाको मुटु हल्लाइ रहेकाे छ ।

गाउँमा करिब ३ सय घरधुरी छन्। तर ४०,५० घर भने यति संवेदनशील स्थानमा छन् कि यहाँका बासिन्दाले हरेक वर्ष ‘यसपाली हाम्रो घर बग्ने हो कि?’ भन्ने डरले रात काटीरहेका छन् ।

४० वर्षीय धनजित रावतलाई वर्खायाम सुरु हुनु कालकाे रातहरूको सुरुवात जस्ताे लाग्छ । उनले भने, “नदी बढेको आवाज सुन्दा मुटु ढुकढुक गर्छ । “सुत्दा पनि झ्यालबाट बाहिर हेर्दै बस्छौं, कि पानी बगेर आयो कि भनेर यस्ताे पिडामा बस्नु परेकाे मेराे गाउँकाे कथा कसले सुनी दिने ।

याे धनजितको मात्र कथा होइन। पातारासी ३ चाैर गाउँका ४० देखि ५० घर परिवारकाकाे पीडा हाे । यस्तै अर्का स्थानीय देविलाल बुढाले पनि एउटै पीडा दोहोर्याएका छन्। बाढी र पहिरोले खेत, घर र जीवनको आधार समेत खोस्ने भए सँग उनीहरू वर्षेनी लडिरहन्छन् ।

उनले भने , ” हामीलाई अब तत्काल तटबन्ध, सुरक्षित बासस्थान, र स्थायी समाधान चाहिन्छ,” देविलालको आवाजमा थकान मात्र होइन, आक्रोश पनि झल्किन्छ। स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर मात्र यो संकटको दीर्घकालीन समाधान सम्भव रहेकाे उनकाे भनाइ छ ।

उनका अनुसार वर्षा सुरु भएसँगै हाम्रो चौरगाउँका बासिन्दाको निद्रा हराउँछ । बालबालिकाको पढाइ अवरुद्ध हुन्छ, खेतीबाली डुब्छ, र सुरक्षित स्थानमा बस्नुपर्ने बाध्यता आउँछ। तर समस्या वर्षौं पुरानो भए पनि ठोस समाधान भने अझै अञ्जानमै रहेकाे गुनासाे रहेकाे छ ।

यो बस्तीको कथा केवल बाढी र पहिरोको मात्र होइन, बेवास्ताको पनि कथा रहेकाे चाैर गाउँका बासिन्दाकाे दुखेसाे छ । हिउँदयामकाे समयमा चैनमा बसेका चाैर गाउँका बासिन्दाकाे सदाझैकाे प्रश्न उही छ । कहिले आउँछ त्यो दिन, जब चौरगाउँका बासिन्दाले वर्षालाई डर होइन, खुसीको रूपमा स्वागत गर्न पाउनेछन् ?

अर्का स्थानीय रामकृष्ण रावत पनि साधारण किसान परिवारमा हुर्किएका गाउँका नागरिक हुन् । उनका दिनचर्या प्रया खेतबारी र जडिबुटी संकलनमा बित्ने गरेका छन् । उनकाे मात्र हाेइन चाैर गाउँका प्राय : घरधुरी खेतबारी र जडिबुटी नै मुख्य आम्दानी हाे ।

रामकृष्णले भने, ” दिनभरि खेतमा काम गर्दा सुखमय ज्यान हुन्छ । तर साँझ काम पश्चात् घर फर्कदा डर र त्रासमा फर्कनु पर्छ । रातमा के हुने हाे ? कस्ताे हुने हाे ? पीडा उहीँ दिनानुदिनका झै ।

पातारासी ३ का वडा अध्यक्ष गाेबिन्द रावतले अघिल्लो २ अगाडि चाैर गाउँका स्थानान्तरण गर्नका लागि डिपिआर समेत भएको बताए । गाउँपालिकाले विपदमा रहेकाे गाउँका लागि व्यवस्थापन र स्थानान्तरण गर्ने भनी डिपिआर बनाएकाे थियाे तर हाल सम्म कुनै पनि पहल कदमी नचालेकाले आज सम्म चाैर गाउँका पीडा उस्तै रहेकाे उनकाे भनाइ ।

उनले भने,” वडा सरकार बाट बस्ती स्थानान्तरण गर्नका लागि बजेट पुर्‍याउन नसकन्ने हुदा काम अगाडि बढाउन नसकिएको बताए । पालिकाले समयमै बजेट व्यवस्थापन नगर्दा डिपिआर भएको काम समेत अगाडि नबढेको बताए ।

वर्षा लागेपछि निद्रा हराउने जुम्ला पातारासी चौरगाउँको पीडा

स्याकले मनायो सामाजिक रुपान्तरणका ३१ औँ बर्ष

वर्षा लागेपछि निद्रा हराउने जुम्ला पातारासी चौरगाउँको पीडा

सिंजामा दुईवटा बेलिब्रिज पुल बन्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds