घुयँत्राे:.“ओलिको ‘रिटर्न अफ प्रधानमन्त्री’ योजना– सर्वोच्चदेखि सडकसम्म झोलेहरूको जयकार”

जेनजी आन्दोलनले सडकछाप बन्न पुगेका ओलि र तिनका झाेलेहरु ऐले बेराेजगार बनेपछि फेरि संसद र ओलिसरकारकाे पुनर्स्थापना भनेर लागि परेकाछन । आँफुले कुनै पनि हालतमा पाटि अध्यक्षता नगाेडने भन्दै पाटिकाे बैठकमा धेरै नेतााहरुले राजीनामा दिएर बस्न अनुराेध गरेपनि उनले आफ्नो कुनै गल्ती नभएकाे भन्दै आन्दोलनलाई एक फगत तमाशाकाे संज्ञा दिएर गैर सम्बैधानिक रुपमा बनेकाे सुशीला सरकारलाई आँफुले नमान्ने र जति सक्याे छिटाे संसद पुन स्थापनाकाे मुद्दा लिएर आफू अदालत जाने निर्णय केन्द्रीय समितिबाट गराउन सफल भएका छन । उनले उठाएका कुरामा धेरैकाे विराेध भएपनि सर्वसम्मत निर्णय भनेर लेखाउन ओलिले सफलता मात्र प्राप्त गरेनन कि अब ओलि यै निर्णयका आधारमा अँझै २०/२५ बर्ष एमालेकाे अध्यक्ष भएर देखाई दिनेछन । ओलिले खासगरि याे आन्दोलनलाई नमानेर आफ्नो सत्ताच्युतलाई गैर सम्बैधानिक मान्नुमा उनले नियुक्त गरेका न्यायाधीशहरु सर्वोच्च अदालतमा कैले मुद्दा आउला र मालिकको चाकरी पुर्यामला भनेर आँ गरेर बसीरहेकाछन त्यसैले पनि ओलिलाई मुद्दामा जान हाैसला मिलेकाे हाे । माैका परे ओलिले सतहत्तरै जिल्लाट झाेलेहरलाई बाेलाएर करिब १ लाख कार्यकर्ता सर्बोच्चकाे अगाडि उभ्याई दिन बेर लाउँदैनन । किन भने नेपालका दलहरुमा सबैभन्दा बढि पर्मानेन्ट क्याडर भएकाे पाटि हाे एमाले । सत्ताँ धेरै पटक बसेकाले पनि एमालेप्रति झुकाव राख्ने कर्मचारी ,सेना, पुलिस , न्याधिस, वकिल सबैकाे बलियाे जमातछ । यसकारण पनि ओलि याे आन्दोलनशीत कत्ति आत्तिएका छैनन । र, सम्भबत पछिकाे परिणाम जे सुकैहाेस सर्वाेच्च अदालतमा भएकाे ओलिपक्षिय न्यायाधीशहरुकाे बहुमतका आधारमा संसद पुन स्थापना र ओलिनै प्रधानमन्त्री भएकाे घाेषणा न्यायाधीशहरुले गरि दिए भने आश्चर्य मान्न पर्दैन । यद्यपि जेनजीकाे आन्दोलनमा जतिसुकै मान्छे सडकमा आएका हुन र जतिजनधनकाे क्षति भएपनि अदालतका न्यायाधीशहरुमध्ये मुद्दा फैसला गर्ने बेन्चमा ५ देखि ८ जनासम्म ओलिले नियुक्त गरेका न्यायाधीशहरु पर्दछन अनि ती न्यायाधीशहरुले नूनकाे साेझाे गरे भने देश एमालेकाे हातमा सजिलै पुग्छ । त्यति मात्रै हैन हिजाे ओलि विरुद्ध लागेका जेनजि हरुनि एमालेकाे लाईनमा मिस्सिन पुग्न सक्छन । त्यसैले याे राजनीति भन्ने कुरा स्थिर रुपमा कसैका हातमा छैन । हिजाे ओलिकाे हातमा थियाे त्यसपछि सुशिलाकाे हातमा आयाे फेरि १ मैना भित्र ओलिकाे हातमा जान सक्छ । राजनीति र आन्दोलन भनेकाे याैटा अबसर हाे जसले माैकामा समाउन सक्छ । त्यसले सक्ने बेलासम्म डाेर्याउँछ जब उ डाेर्याउन चुक्छ त्यसपछि अर्काकाे हाताँ जान्छ । अँझ नेपालकाे राजनीति त झन अस्थिर छ यस्ताे राजनीतिलाई पकडमा कसरी ल्याउन सकिन्छ भन्ने कुरा त ओलिले कैले प्रचण्डशीत मिलेर अनि कैले काँग्रेसशीत मिलेर त कैले राप्रपा, रास्वपासित मिलेर देखाई सकेका छन ।
त्यसैले ऐलेका राजनीतिक खेलाडीमा अब्बल खेलाडि मानिन्छन ओलि । विपक्षि मात्रै हैन आफ्नो विपक्षमा लाग्ने आफ्नै दलका नेताहरुकाे समेत उठिबास गराई सकेका ओलिले भीम रावलदेखि राष्ट्रपति छाेडेर राजनीतिमा आएकि विद्या भण्डारी समेतकाे राजनीतिक जीवन सिध्याउन सफल भै सकेका छन । ओलिलाई पाटिबाट अबकासमा राख्न सितिमिति कसैले सक्ने अबस्था छैन ।त्यतिमात्रै हैन ओलि याे पटक अदालतबाट प्रधानमन्त्री वा संसद व्युँताउन सफल भए भने ईश्वर पाेख्रेलदेखि याेगेश भट्टराई सम्म कतिकतिलाई स्याँक्ने हुन त्याे घटना हेर्ने दिन टाढा छैनन । र एमालेले संसद व्युँताउने निर्णय गरेदेखिनै देश अब राजनीतिक अस्थिरताकाे भुमरिमा जाक्किने कुराँनि दुईमत छैन ।किन भने खड्कप्रसाद ओलि भनेकाे त्यस्ताे जन्तु हाे जाे आफू नभएछि अरुलाई पनि हुन नदिने अर्थात बाँदर जस्तै न आफ्नो घर बनाउने न अरुकाे घर बन्न दिने सिध्दान्तका मान्छे हुन। त्यसैले सुशिला रहुनकि ओलि आउन हामी नेपालीलाई न हर्ष न विष्माथ ! केही छैन । किनभने ओलि सुशिला सबैकाे सरकार चलाउने चालढाल हेरि सकियाे ।






