रेबिज संकास्पद घरपालुवा कुकुरले टाेकेपछि १४ जना घाइते

गाेल्डेन बुढा

जुम्ला,२९ भदौ ।
जुम्लामा संकास्पद रेबिज राेग भएको घरपालुवा कुकुरले टाेकेपछि १४ जना घाई भएका छन्। तातोपानी गाउँपालिका १४ जना घाइते भएका हुन्।तातोपानी गाउँपालिका-२ सुन्दरगाउँका तुलाराम सार्कको संकास्पद कुकुरले टाेकेकाे -४ का वडा अध्यक्ष अमर बहादुर राेकायाले बताए।उनका अनुसार उनिहरुलाई आइतबार बिहान करिब ७ देखि ८ बजेको समयमा यस्तो घटना घटेको थियो।पहिला उक्त कुकुरले मयालु रावतलाई टाेकेर घाइते बनाएको हो।लगत्तै डाँगीवाडा हुदै गौतमवाडा, जैतपर, हाँकु हुदै ऐरेनीबाट फर्केर धौलापानी, रावतवाडा, बाबिरा जर्मी सम्म गाउँगाउँमा दाैडेर बाटोबाटोमा हिडिरहेका मानिसहरुलाई टोक्ने थियोे।उक्त बस्तीमा तातोपानी गाउँपालिका- २, ४, ५ र ६ का १४ जना कुकुरको टोकाईबाट घाईते भएका छन् ।

घाइते बिरामीहरुलाई स्थानीय जनप्रतिनिधि, स्वास्थ्थ शाखा प्रमुख र घरपरिवारको पहलमा उद्वार गरि अहिले जुम्लाको कर्णाली स्वास्थ्थ बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अध्यक्ष राेकायाका अनुसार रेबिज बिरुद्वको खाेप लगाइएको छ।टाेकेकाे ७२ घण्टा भित्र लगाउनु पर्ने रेडिज बिरुद्वको खोप लगाउनुपर्छ। उक्त खाेप जुम्लामा थिएन्। कर्णाली स्वास्थ्थ बिज्ञान प्रतिष्ठान जुम्लाका डा. कमल थानी र स्टाफ नर्स निसा रोकायाको पहलमा छिमेकि जिल्ला कालिकोट मान्मबाट गाउपालिका जुम्लाले खरिद गरेकाे हो।३२ डोज एमिनो ग्लोविन कालिकोट बाट ल्याउन लागिएको हो ।सबै बिरामीहरुलाई खाेप लगाइएको छ। भने एक जना सर्केनी बुढालाई परिवारको अनुरोघ अनुसार नेपालगञ्ज रिर्फर गरिएको छ।उनलेे बताए।

घाइतेहरु नरेन्द्र केसी, सर्केनी बुढा,धने रोकाया,मयालु रावत, सभ्यता हमाल,बिजकन्या न्यौपाने, लठे कामी, मेनीका कामी, सुर्दशन बि.क, समिक्षा बि.क, सरिता कामी, मन्नु न्यौपाने, संगिता रोकाया र गोरे सार्की हुन्।घाइतेलाई हात,खुट्टा,टाढाको र छातीमा टाेकेकाे छ।

रेबिज संकास्पद घरपालुवा कुकुरले टाेकेपछि १४ जना घाइते

घुयँत्राे:”२३ भदौको सबक: अब नेताले भ्रष्टाचार अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds