’३१ औं वर्षमा स्याक नेपाल

सुर्खेत, २९ साउन ।

समाज जागरण केन्द्र स्याक नेपाल तीस वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेको छ । यो अवधीमा समाज रुपान्तरणका लागि विभिन्न निकायसँग सहकार्य, समन्वय गर्दै एक अर्ब १९ करोड रुपैंया संस्थाले खर्च गरिसकेको संस्थाका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिए ।बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक आचार्यले गत आर्थिक वर्ष २०८१/०८२ मा २० करोड १८ लाख ४२ हजारण् नौ सय ६६ रुपैँया खर्च गरिएको जानकारी दिए ।

‘सुर्खेत जिल्लाका ६ वटा स्थानीय तहका २० वटा स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको गुणस्तर अभिबृद्धिका लागि हव एण्ड मेन्टरसिप तालिम, स्थलगत अनुशिक्षण, क्षमता विकास तालिम, सामग्री सहयोग, गुणस्तर लेखाजोखा अनुगमन सञ्चालन गरिएको छ । यी विभिन्न क्रियाकलाप सञ्चालनपश्चात ९ वटा स्वास्थ्य संस्थाहरु (गुमी, घुमखहरे, बाबियाचौर, सालकोट, मेहेलकुना, कुनाथरी, तरङ्गा कटकुवा, घुस्रा) लाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको रुपमा प्रमाणिकरण गरिएको छ ।’निर्देशक आचार्यले भने, ‘कर्णाली प्रदेशका २२ वटा स्थानीय तहमा स्थानीय तहको शिक्षाक्षेत्र योजना निर्माणमा प्राविधिक सहयोगपश्चात २२ वटै स्थानीय तहले आफ्नो शिक्षाक्षेत्र योजना निर्माण र अनुमोदन गरी कार्यान्वयन गरिरहेका छन । साथै कर्णाली प्रदेशको प्रदेश शिक्षाक्षेत्र योजना निर्माणमा प्राविधिक सहयोग प्रदान गरिएको जुन अन्तिम चरणमा रहेको छ ।

साथै कुल ३ सय १२ विद्यालयमा गुणस्तरीय शिक्षा प्रर्वद्धनको लागि सहयोग गरिएको छ ।’संस्थाका अध्यक्ष मिना कुमारी तिवारीले लघुउद्यम विकास तालिम र व्यवसायिक सिप विकास तालिमपश्चात परियोजनाको सहयोगमा व्यवसाय सञ्चालन गरिरहेका २ सय ४५ जना मध्ये १ सय ४ जना उद्यमीहरुले आफ्नो व्यवसायमार्फत औषतमा मासिक १५ हजार आम्दानी गर्न सफल भएको बताईन ।‘बराहताल र चौकुने गाउँपालिकामा पालिकास्तरीय अपाङ्गता सम्बन्धी वस्तुगत विवरण (प्रोफाईल) तयार गरी गाउँकार्यपालिकाबाट अनुमोदन भई कार्यान्वयन भइरहेको छ । साथै यस वर्ष जोखिममा रहेका ३१ जना बालबालिकाहरुलाई बालअनुदान कोषबाट सहयोग गरिएको जसबाट उनीहरुको पढाइ लगायत अन्य आवश्यकतामा सहयोग पुगेको छ ।’ उनले भनिन, ‘सुर्खेत र डोल्पा जिल्लाका स्थानीय धार्मिक अगुवाहरु एक सय चार जनालाई यौंन तथ प्रजनन स्वास्थ्य अधिकार, बालविवाह, छुवाछुत, छाउपडी लगायतका विषयमा अभिमुखीकरण गरी क्षमता विकास गरिएको छ ।

’बराहताल गाउँपालिका अन्तर्गत कार्यक्षेत्रका १३ वटा सामुदायिक वन, ८ वटा बिद्यालय र अन्य स्थानमा गरी यस वर्ष ८.९४ हेक्टर क्षेत्रफल जमिनमा करिब १४ हजार तीन सय विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गर्न सहयोग गरिएको संस्थाले जनाएको छ । त्यस्तै, रुकुम पश्चिमको चौरजहारी र त्रिवेणी गाउँपालिकामा भुकम्प प्रभावित मागमा आधारित घरधुरी सर्वेक्षणमार्फत छनांैट भएका ४ सय घरधुरीको शौंचालय सामान्य मर्मतमार्फत दुई हजार सात सय १० जना र दुई सय ६ घरधुरीको शौचालय पुनःनिर्माणमार्फत एक हजार एक सय १५ जना गरी ६ सय ६ घरधुरीका तीन हजार आठ सय २५ जनाले सुरक्षित र सफा शौचालय उपयोग गरिरहेका छन् ।

यस आ.व. संस्थाको आन्तरिक र विभिन्न कार्यक्रहरु मार्फत १० हजार नौ सय आठ दलित, १३ हजार पाँच सय ८१ जनजाती, ३० हजार आठ सय ३५ जना महिलाहरु लाभान्वित भएका छन् । अपाङ्गता भएका दुई सय ७२ जना, एचआइभी संक्रमित १७ जना, एकल महिला एक सय ४६ जना र एलजिबिटीआइक्यू दुई जना गरी जम्मा ५७ हजार एक सय ८४ जना लाभान्वित भएका छन ।संस्थाले विकास गरेको एकीकृत नमुना गाउं/समुदायको अवधारणाका गाउंपालिका तथा वडाको सहकार्यमा कार्यान्वयन शुरुवात गरिएको छ । जसमा वडा नं. ८ को कोलगाड टोलका ७४ घरधुरीमा अभिमुखिकरण, आवश्यक पर्ने विभिन्न समिति, उपसमिति गठन र कार्य जिम्मेवारी, पारिवारिक विकास योजना, शुद्ध पिउने पानीका लागि एक घर एक फिल्टर, नक्साङ्कन, सुचक निर्माण, बालबालिका तथा किशोकिशोरीहरुको जीवनवृत्ति विकास योजना निर्माण लगायतका कार्यहरु गाउंपालिका, वडा तथा स्थानीय समुदायको सहकार्य, साझेदारी र लगानीमा गरिएको छ ।

साथै नमुना गाउंका सुचकहरु पुरा गर्नका लागि विभिन्न अभियानहरु सञ्चालन भइरहेका छन । जसमा टोल तथा बाटो सरसफाइ, झोलुङ्गे पुल मर्मत, खानेपानीको पाइपलाइन पुर्ने, घरआंगन सरसफाइ, फोहर फाल्ने खाडल, भांडा सुकाउने चाङ्ग लगायतका कार्यहरु स्वयंसेवी रुपमा अभियानका रुपमा सञ्चालन गरी समुदायलाई नमुना बनाउन जुटेको बताइएको छ ।

’३१ औं वर्षमा स्याक नेपाल

प्रेस स्वतन्त्रता हननका ९४ घटना

’३१ औं वर्षमा स्याक नेपाल

मिरा पन्त : जसले ‘महिलाले सक्दैनन्‌’ भन्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds