एनपीएल सिजन–२ को उपाधि  लुम्बिनी लायन्सको पोल्टामा

सुर्खेत,२८ मंसिर।

नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको जित निकाल्दै लुम्बिनीले उपाधि चुमेको हो । सुदूरपश्चिमले दिएको ८६ रनको झिनो लक्ष्य लुम्बिनीले नवौँ ओभरको अन्तिम बलमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा निराश भएको हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपटक पनि उस्तै नियति दोहोरियो । लुम्बिनीले भने प्रतियोगितामा उत्कृष्ट कमब्याक गर्दै अन्ततः उपाधि जित्न सफल भयो । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि पाएको ८६ रनको लक्ष्य लुम्बिनीले सहजै पूरा गरेको हो । प्रतियोगितामा पहिलो खेल जितेपछि लुम्बिनी लगातार तीन खेल हारेको थियो । तर त्यसपछिका हरेक खेल आफ्नो पक्षमा पार्दै लुम्बिनीले एनपीएलको पहिलो उपाधि उचालेको हो ।

आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् । यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहितकुमार पौडेलले समान तीन/तीन  विकेट हात पारे । यस्तै, तिलक भण्डारीले एक विकेट लिए ।

एनपीएल सिजन–२ को उपाधि   लुम्बिनी लायन्सको पोल्टामा

एमालेको ११औं महाधिवेशन  २२ सय प्रतिनिधिले छान्दै

एनपीएल सिजन–२ को उपाधि   लुम्बिनी लायन्सको पोल्टामा

‘कुलमानले जुन थालमा खाए त्यहीँ थालमा छेद

Leave a comment

Your email address will not be published. Required fields are marked *