कर्णाली स्वास्थ्य प्रतिष्ठानकाे उपकुलपतिमा डाक्टर पुजन नियुक्त

गाेल्डेन बुढा
जुम्ला,२८ साउन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डाक्टर पुजन राेकाया नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार नियुक्त भएका नियुक्त भएका हुन्। रोकाया विगत १२ वर्ष देखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत थिए। रोकाया पहिले प्रतिष्ठानको अस्पताल निर्देशकको भूमिकामा थिए। प्रा.डा. डबल बहादुर धामी, प्रा.डा सूर्यमान म्याङयाङ्गो पनि छनाेटमा परेका थिए।






