चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

वेनचाङ, हेनान, २७ मङ्सिर (रासस/सिन्ह्वा) । 

चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो ।

प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी उपग्रहहरूको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रुत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्न र आपतकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।

लङ मार्च–१२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो, जसले भारी पेलोडलाई उच्च सफलतासाथ कक्षामा पुर्‍याउने क्षमता राख्छ । चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह–इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ ।

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds