यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

दाङ,२६ असोज ।

भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो ।

नेपालगञ्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डलले सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएको हो ।

प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवाहरुलाई पुरानै लयमा फर्काउने गरी तयारी थालेको थियो । सोही अनुसार अत्यावश्यक सेवामध्ये रहेको यातायात व्यवस्था कार्यालयको सेवा पुनः सुरु गरिएको हो ।

यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरु हुने गरेकाे छ ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय,

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

जङ्गलमै बेहोस भइन् सुत्केरी : पत्रकार र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds