निर्यात हुन लागेको जुम्ली काँचो स्याउ प्रहरीद्वारा बरामद

गाेल्डेन बुढा

जुम्ला,२७ साउन।
जुम्लामा जिल्लाबाहिर निर्यात हुन लागेको काँचो स्याउ बरामद गरिएको छ।जुम्लाको पातारासी गाउँपालिका -६ मा अवस्थित उर्थुचाैतारा प्रहरीले काँचो स्याउ बरामद गरेको हो। निर्यात हुन लागेको प्याक गरिएको २८ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बरामद गरिएको काँचो स्याउ पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले बताए।

उनका अनुसार आइतबार राति काँचो स्याउ बरामद गरेर सोमबार गाउँपालिकालाई बुझाएको हो।उर्थु प्रहरी चौकीले लुकिछिपी संकलन गरेर निर्यात गर्न लागेको अवस्थामा प्रहरीले स्याउ बरामद गरेको थियो। उक्त बरामद गरिएको स्याउ पातारासी-४ भोटगाउँका मक्कबहादुर रोकायाको बगैंचा देखि टिपिएको हो। ब्यापारी हरिसप्रसाद देवकोटाले स्याउ खरिद गरेका थिए।असारमा पाक्ने स्याउ भन्दै निर्यात हुन लागेको स्याउ प्रहरीले जाँच गर्दा काँचो भेटिएको थियो।प्रहरीले काँचो स्याउ बरामद गरेर गाउँपालिकालाई बुझाउने गरेको छ। जुम्लाका हरेक स्थानीय तहले प्रहरी चौकीमा काँचो स्याउ निर्यात भएमा बरामद गर्नु, चेकजाँचमा कडाइ गर्नु भनेर प्रहरीलाई पत्र पठाएका छन्। त्यही अनुसार प्रहरीले पनि काँचो स्याउ रोक्न कडाइ गरेको छ।यता पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन शाहीले तीन क्विन्टल स्याउ प्रहरीले गाउँपालिकामा बुझाएको बताए।उनलेे भने,’लुकिछिपी स्याउ टिपेर जिल्लाबाहिर लैजाने अवस्थामा स्याउ बरामद भएको रहेछ, ‘स्याउ काँचो देखेपछि प्रहरीले गाउँपालिकामा बुझाएको हो।’ गोल्डेन र रेड जातको स्याउ बरामद गरिएको थियाे।यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यका अनुसार जिल्ला समन्वय समिति जुम्लाकाे आठौं जिल्ला सभाले नै भदौ १५ गते अगाडिसम्म स्याउ टिप्न नपाइने निर्णय गरेको छ ।बरामद गरेको स्याउ कानुनी प्रक्रिया पुर्‍याएर राखिने प्रतिक्रिया छ। जुम्लाका किसान र ब्यापारीले स्याउ टिपिरहेको देखिएको छ। तर,स्याउको पहिचान गुम्ने र खस्कने भन्दै स्थानीय सरकारले भदौ १५ गते भन्दा अगावै स्याउ नटिप्न सूचना जारी गरेका छन्।जुम्लाका एक नगरपालिका र सात गाउँपालिका सबैले काँचो स्याउ नटिप्न सूचना जारी गरिएको छ।तर, जुम्ला स्याउ किसान र व्यापारीले स्थानीय तहको सूचनाकाे अटेरी गरेकाे देखिन्छ।आजभोलि सुर्खेत, नेपालगन्ज,बुटवल लगायतका सहरमा जुम्लाको काँचो स्याउ पुगिसकेको छ ।

किसानहरु राम्रो मुल्य नपाइने भन्दै स्याउ लिन खोजिरहेका छन् । राज्य स्याउको पहिचान गुम्ने भन्दै रोकिरहेको छ।अत्यधिक वर्षा भइरहेकोले सडक लामो समय रोकिन सक्ने भन्दै तिज अगावै स्याउ मुख्यसहर सम्म पुर्‍याउनुपर्ने ब्यापारीहरु बताउँछन्।अहिले हरेक गाउँपालिकामा रहेका र जुम्ला कालिकोट सिमानामा रहेको प्रहरीचौकीमा कडा चेकजाँच गर्न भनिएको छ।हाल जुम्लाका १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् ।भने जुम्लाको ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ उत्पादन भइरहेको छ।यस्तै कृषि विकास कार्यालय जुम्लाले प्रहरीले बरामद गरेको स्याउ काँचो भएको जनाएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीले किसान र ब्यापारीको मिलोमत्तोमा असार पाक्ने स्याउको नाममा काचो स्याउ लैजान लागेको पुष्टि भएको बताए ।

प्रहरीले बरामद गरेको स्याउको अनुगमन गर्न कार्यालय प्रमुख अधिकारी नेतृत्वको टोली पातारासी नै पुगेको थियो । ‘‘डिप्याक्टो’ मिटर मार्फत् स्याउमा गुलकोजको मात्रा जाँच गरियो,’ प्रमुख अधिकारीले भने, ‘स्याउ काँचो नै भेटियो ।’स्याउमा न्युनतम १० प्रतिशत गुलियोपना भरिएपछि बजारमा लैजान मिल्छ। तर,बरामद गरिएको स्याउको गुलियोपना ९ प्रतिशत मात्रै भेटियो,’ प्रमुखले भने, ‘बजारमा पठाउन उपयुक्त नदेखिएपछि एकहप्ता सम्म कोठामै राख्न भनिएको छ । पुन : जाँच गरेर मात्रै बजारमा पठाउने सहमती बनेको छ। यो विषयमा भदौ २ गते बैठक बस्ने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।’जुम्लामा गोेल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, जातको स्याउ फल्छ।केही समयदेखि इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन्।

निर्यात हुन लागेको जुम्ली काँचो स्याउ प्रहरीद्वारा बरामद

विपन्नको पहुँचमा छैन निःशुल्क उपचार सेवा, आर्थिक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds