नाग्मा-गमगडी सडक खण्ड अवरुद्घ

गाेल्डेन बुढा
जुम्ला,२७ साउन।
मंगलबार नाग्मा-गमगडी सडक खण्ड अवरुद्घ भएको छ।विहान ८ वजे (मुगुजाने) सडक खण्ड अवरुद्घ भएको हो । जुम्लाको हिमा-७ बागबजार ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध खवर प्राप्त भएको छ।सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडकको माथिल्लो भागबाट आएको पहिरोले सम्पूर्ण बाटो पुरिएका कारण सवारी सञ्चालन हुन सकेका छैन । घटनास्थलमा सडक डिभिजनको प्राविधिक टोली परिचालन गरिएको जनाएको छ।हाल पहिरो पन्छाउने कार्यका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको डिभिजन कार्यालय प्रमुख दीपेन्द्र कुमार चौधरी बताए। सडक कहिले सुचारु हुन्छ ,भन्ने यकिन समय भने तोकिएको छैन।






