दैलेखबाट सुत्केरीको हवाई उद्दार


वीरेन्द्रनगर । दैलेखमा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–८ की २८ वर्षीया मन्सरा बिकको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

बच्चा भैसकेपछि अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउसो करिब साढे तिन बजे हेलिकप्टरमार्फत उद्धार गरि उपचारको लागी प्रदेश हस्पिटल सुर्खेत पठाएको राकम कर्णालीका आधारभुत अस्पतालमा कार्यरत डाक्टर लोकजङ्ग शाही जानकारी दिए ।

जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिस नगरपालिकाकि उप प्रमुख कल्पना थापा (चन्द)ले बताईन् ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

दैलेखबाट सुत्केरीको हवाई उद्दार

हुम्लाबाट घाइतेको उद्धार गरी सुर्खेत ल्याइयो

दैलेखबाट सुत्केरीको हवाई उद्दार

सम्पादकीय: रुख कटानको प्रक्रिया तत्काल अघि बढाऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds