सिंजा क्याम्पसको स्ववियु अध्यक्षमा दोहोरिए सन्तोष

गोल्डेन बुढा
जुम्ला । जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य दोहोरिएका छन्।

प्रदेश क्षेत्र (ख) मा पर्ने सिंजा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य दोहोरिएका हुन्।

क्याम्पसमा रहेका चार सङ्गठनबिचको आपसी समझदारीमा उनी दोस्रो पटक अध्यक्षमा निर्विरोध चयन भएका हुन्। सिंजा क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल समाजवादी विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेका थिए ।

अखिल क्रान्तिकारीका आचार्य अध्यक्ष, उपाध्यक्षमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसंघकी राजिन्दा शाही र कोषाध्यक्षमा अखिल समाजवादीका तुलाराज तिरुवा निर्विरोध चुनिएको क्याम्पस प्रमुख तिर्थबहादुर नेपालले बताए।

सदस्यहरूमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोबिन्द बम निर्वाचित भएका छन् । सिंजा बहुमुखी क्याम्पसमा १ सय ८० जना विद्यार्थी अध्ययनरत छन् । २०६७ सालमा स्थापना भएको क्याम्पस सिंजा क्षेत्रको एक मात्र क्याम्पस हो ।

सिंजा क्याम्पसको स्ववियु अध्यक्षमा दोहोरिए सन्तोष

हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु

सिंजा क्याम्पसको स्ववियु अध्यक्षमा दोहोरिए सन्तोष

आगलागीबाट जल्यो घर र गोठ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds