जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

सुर्खेत– माओवादी जनयुद्धको दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका छन् । जनयुद्ध दिवसको अवसरमा भोली फागुन १ गते उनीहरुले विदा दिन लागेका हुन् ।

सिंजा गाउँपालिकाको कार्यपालिकाको मिति २०८१ माघ २९ गतेको निर्णयअनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ऐतिहासिक जनयुद्धको स्मरण गर्दै युद्धका क्रममा यस चौरजहारी नगरपालिका क्षेत्रका ५५ जना योद्धाले सहादतसमेत प्राप्त गरेकोले सहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका फागुन १ गते यस चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

त्यसैगरी, कालीकोटको महावै गाउँपालिका, शुभकालिका गाउँपालिकाले र रास्कोट नगरपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेका छन् ।

त्यस्तै, कालीकोटको पलाताँ गाउँपालिकाले पनि विदा दिने निर्णय गरेको छ ।

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

YUGAAWHAN NATIONAL DAILY (2081-10-30)

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध, पर्यटक अलपत्र

This will close in 0 seconds