जुम्लामा पाँच दिने गाइजात्रा शुरु’

गाेल्डेन बुढा
जुम्ला,२५ साउन।
आइतबारदेखि जुम्लाकाे सदरमुकाम खलंगामा कर्णालीकै ठूलो जात्रा सुरु भएको छ। गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका हुँदै राम नवमीकाे दिन सकिन्छ। पहिलो दिन गाईजात्रा निकालिएकाे जात्रा समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए।’दिवंगत भएका आफन्तहरुको सम्झना गर्दै उनीहरुको आत्म शान्तिको कामना गर्न गाईजात्रा पर्व मनाउन सुरु गरिएकाे हाे,’ उनले भने, ‘जुम्ला उपत्यकामा नेवार समुदायकाे आगमन सँगै याे चलन भित्रिएकाे पाइन्छ।

‘जात्रा ५ दिनसम्म चल्छ’ उनले भने। यसपाली चन्दननाथ नगरपालिका- ५ प्रशासन अगाडिबाट नवराज श्रेष्ठको घरबाट गाईजात्रा निकालिएको जात्रा समितिले जनाएको छ।’एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यकाे सम्झना र चिन्ता दुर गर्न मानिसलाई गाईको रुपमा सिंगारिन्छ,’ उनले भने, ‘गाईकाे पछाडि साना केटाकेटीलाई बाच्छाकाे रुपमा सिंगारिने जात्रा नै गाइजात्रा हाे।’ गाईजात्रापछि रोपाइँ जात्रा, सानो पल्टन, मिम बादशाह, ठूलो पल्टन र बाघ-भालु जात्राजस्ता रोचक कार्यक्रमहरू क्रमशः आयोजना गरिन्छन्। यी कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र होइन, जुम्लाको मौलिक संस्कृति र पहिचानलाई प्रदर्शन गर्छन्।भदौ कृष्ण प्रतिपदादेखि शुरु हुने यो जात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काटेपछि मात्र अन्त्य हुन्छ।बजार परिक्रमा गर्दा श्रद्धालुहरुले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल, दही, चिउरा दान गर्ने चलन छ।लिच्छविकालमा मल्ल राजप्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई सान्त्वना दिन र सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए। त्यसपछि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ।यसरी सुरु भएकाे गाइजात्रा जुम्लामा वि.सं १९५३ सालबाट लगातार मनाइदै आएकाे छ।

मृतकका घरबाट निकालिएको गाईलाई मुख्य बजारबाट कालेखोली हुँदै चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिप्रका, मुख्य बजारमा आएर समापन गरि मनाइन्छ।गाईजात्रामा जिल्लाको विकास, राजनैतिक, सांस्कृतिक र आर्थिक पक्षसँग सम्बन्धित रहेर व्यांग्य गरिन्छ ।पछिल्लो समय गाइजात्रा सामाजिक कुरिती, राजनीतिक विकृती र प्रशासनिक कमजोरीलाई लक्षित व्यंग्याकाे प्रतिबिम्ब समेत हुँदै आएकाे छ।जात्रामा संभावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको डीएसपी रविन बाबु रेग्मीले बताए।नगरप्रहरी तथा स्वयंसेवकहरू खटिएका छन्।

यो जात्रा केवल धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई जुम्लाको इतिहास, सामूहिक भावनाहरू र पहिचानको ज्वलन्त प्रतीक बनेको छ।’जात्रामा मानिसको भिड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै जात्रालाई शान्त रुपमा सम्पन्न गर्न पोसाकसहित र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।’कर्णाली साविकका पाँच जिल्ला जाजरकोट, दैलेख, कालिकोट, मुगु, सुर्खेत नेपालगन्ज,सुर्खेतर र काठमाडौंबाट हेर्न आउने गरेका छन्।मानिसहरूको आगमनले जुम्लाको अर्थतन्त्र पनि तातिएको व्यापारीहरू बताउँछन्।






