नेपालगन्जमा नेवारी संस्कृति झल्किने सामूहिक गाई जात्रा सम्पन्न

बाँके ,२५ साउन।

नेपालगन्जमा नेवा: पुच: बाँकेको आयोजनामा ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ सामूहिक गाई जात्रा सम्पन्न गरिएको छ। सात परिवारले आफ्ना दिवङ्गत आफन्तहरूको सम्झनामा गाई जात्रा निकालेका हुन्।

सुर्खेत रोडस्थित स्वस्तिक कटेजबाट सुरु भएको जात्रा धम्बोझी चोक, सहिद सेतु विक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कसम्म पुगेको थियो। कार्यक्रममा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गर्नुका साथै आकर्षक लाखे नाच पनि देखाएका थिए।

नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ। जनविश्वासअनुसार यसो गर्दा मृतकले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने मान्यता रहेको छ।

यस वर्षको नेपालगन्ज गाई जात्रा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा निकालिएको हो।

नेपालगन्जमा नेवारी संस्कृति झल्किने सामूहिक गाई जात्रा सम्पन्न

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा :

नेपालगन्जमा नेवारी संस्कृति झल्किने सामूहिक गाई जात्रा सम्पन्न

जुम्लामा पाँच दिने गाइजात्रा शुरु’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds