तीन वर्षपछि बन्याे:सिंजा बाढीपीडितका घर

गाेल्डेन बुढा
जुम्ला, २५ साउन।
२०७९ असोज १९ देखि परेको अविरल बर्षासंगै आएको बाढीपहिराेले जुम्लाको सिंजा गाउँपालिका-६ जाेडु गाउँका बाँचे बुढाको परिवार बिचल्लीमा पर्याे।हप्तौंसम्म परेको वर्षाले उनको ढुंगा र माटोबाट बनेको तीन तले घर नाम निसाना नदेख्ने गरि बगायाे।बुढाकाे ६ जना घरपरिवार विस्थापित भए।त्यतिबेलाकाे आँखाले हेर्दाहेर्दै घर बगाएकाे डरलाग्दो अवस्था उनको मानस्पटलमा ताजै छन्।केही समय आफन्तको घरमा बसे।बाँचेको घरमा मानवीय केही क्षति भएन्।तर,भण्डारण गरेको घरभित्रै अन्नपात,लत्ताकपडा,भाडावर्तन, पाँच वटा पशुचाैपाया,१४ वटा लाेकल कुखुरा,८ वटा खरायो,२ क्वइन्टल सिमी, ३ क्वइन्टल गहुँ,५ क्वइन्टल मकै,४ क्वइन्टल जाैँ र ८ दर्जन कासाका थाली ३ दर्जन तामाकाे भाडा सबै पुरिदियो।

झन्डै १० लाख सम्मको क्षति भएको बुढाकि दम्पती नानी बुढाले बताइन्। उनलेे भनिन् धेरै चुनाैती अप्ठ्यारा दिनहरू बिताएका बाँचे बुढाकाे तीन वर्ष पछि अहिले चारकाेठे घर बनेको छ। यस्तै उक्त गाउँपालिका -५ फुङ्ग्र गाउँकी वैसाकी राेकायाकाे अवस्थामा पनि अविरल वर्षाले उस्तै बनाइदियाे। गाउँले जीवनमा सानो घर, अन्नपात सबै बगाएपछि परिवार नै विस्थापित भयो। बाढीबाट विस्थापित उक्त परिवार छिमेकीकाे बासस्थानमा गुजारा चलाउँदै आएका थिए।मेरो पनि लाखौंको क्षति भयो।उनलेे भनिन्,तर अहिले घर बन्यो,खुसी छुँ,आफै घर लगाउने अवस्था थिएन।स्थानीय सरकार भगवान् भयो।नयाँ चिटिक्क घर पाए। यता सिंजा गाउँपालिका-२ चुलेलगाउँका तीर्थबहादुर वडको घर बगाइदिएपछि सिंगो परिवार नै बिचलित भयो। केही महिना खुला आकाशमा पाल टाँगेर बसे। केही महिनाका लागि नातादार भतिजाको घरमा बस्य। तर त्यो घर चुहिने भएकोले निकै कष्टकर पुर्ण बसाइँ थियो।वडले भने मानवीय क्षति नभएन पनि अन्नपानी, लत्ताकपडा सबै पुरिदियो। ‘बाढीपहिरोले उठिबास बनाइदियो।अहिलेसम्म सिंगो परिवारले दु:ख भाेगेका तीर्थबहादुरको आजभोलि नयाँ चारकोठे घर निर्माण गरिएको छ।सिंजा गाउँपालिकाको ९५ हजार रुपैयाँ र पेस नेपाल जुम्लाको ५० हजारबढी बजेटले माटोको छाना भएको मौलिक घर बनेको हो।उनिहरुले भने, ‘तीन वर्षपछि बल्ला घरमा बस्न पाइएको छ।सिंजा गाउँपालिका अन्तर्गतको विपद् शाखा प्रमुख दिपराज राेकायाका तथ्यांकअनुसार बाढीपहिरोले १ सय ४६ घर पूर्णरुपमा क्षति भएका थिए । साढे ३ सयबढी घर आंशिक रुपमा क्षति भए ।
आंशिक रुपमा क्षति भएका घरहरु पूर्णरुपमा निर्माण भइसकेका छन्। जसको घर नै थिएन । पालमा बसिरहेका थिए । उनीहरुको घर बनाउन लागिएको छ।यता सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बाढीपीडितले चुहिने घर र पालको बास बस्नुपर्ने अवस्था नआउने बताए।पूर्णरुपमा क्षति भएका १ सय ४६ घरका लागि विपद प्राधिकरणबाट पहिलो किस्ताबापतको बजेट आइपुगेको छ।जसमध्ये २८ वटा घर निकै विपन्न परिवार भित्रका भएकोले निर्माण सुरु हुन सकेन । अहिले २८ घर बनाउन लागि कारितास जर्मनी कारितास नेपालको आर्थिक सहयोगमा सञ्चालित उत्थान परियोजनाबाट स्थानीय सरकार परेको छ।जसमा ९ घर बनिसकेका छन्। जसमा ६ वडाको भाडँगाउमा १ घर, जाेडुमा दुई घर,रुघा गाउँमा १ र काडाँगाउमा दुईवटा बनेका छन्।भने ५ नम्बरको फुङ्ग्र गाउँमा दुईवटा र २ नम्बरको चुलेल गाउँमा १ वटा घर बनेका हुन्, ‘उक्त बनेका नाै घर परम्परागत मौलिक तरिकाले बनेका छन्। माटोको छाना भएका र अत्यन्तै बलियो घर बनेका छन्।जस्तापाता विस्थापित हुने गरेर घर निर्माण भइरहेका छन्। यो घर चिसोमा न्यानो हुने र गर्मीमा शीतल हुने गरी बनाइएको छ ।’बाकीँ १९ घर वटा घरहरु निर्माणाधिन अवस्थामा छन्।छिट्टै पुरा हुदैछन्। अहिले बाढीपीडितको बास जोड्ने कार्यमा गाउँपालिका जुटेको छ।यता पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बाढीपीडितको घर निर्माणका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढेको बताए। उनले भने, ‘पहिलो चरणमा बाढीपीडितले ढुक्कसँग बस्न पाउनुपर्यो भन्ने छ । त्यसपछि बाढीपीडितका अन्य समस्याहरुमा छलफल गरेर अघि बढ्न सकिने अवस्था रहन्छ ।’ सरकारले घर बनाउन थालेपछि सिंजाका बाढीपीडितहरु खुसी छन्।






