भिरबाछ लडेर नाबालककाे मृत्यु, आमा गम्भीर
गाेल्डेन बुढा
जुम्ला,२४ मंसिर ।
जुम्लाको, सिंजा गाउँपालिका- २ मा दाउरा काट्ने क्रममा दुर्घटना हुँदा चार महिनाको नाबालकको मृत्यु भएको छ,भने आमाको अवस्था गम्भीर छ।जुम्लाका डिएसपी रविन बाबू रेग्मीका अनुसार, बुधबार बिहान करिब दुई घण्टा दूरीमा रहेको धोराचौर जंगलमा उर्जा वड (२४) आफ्ना चार महिनाका छोरा चन्द्रमल वडसहित भिरबाट लडेका थिए।
दुर्घटनामा नाबालकको घटनास्थलमै मृत्यु भएको छ।भने आमाको अवस्था गम्भीर छ। उर्जा वडलाई तत्काल सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको जुम्ला प्रहरीले जनाएको छ।




