जुम्लामा गाडीको कोलियामा युवकको शव फेला, अनुसन्धान जारी

गोल्डेन बुढा
जुम्ला,२३ असोज ।
जुम्लाकाे हिमा गाउँपालिका–१ आर्चाय लिहीमा पार्किङ अवस्थामा रहेको गाडीको कोलियामा एक युवक मृत भेटिएका छन्। बुधबार साँझ करिब ८:३० बजे मुगुबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक गाडी (क.प्र. ०२००१ ख ११८०) को कोलियामा स्थानीय २२ वर्षीय गणेश रावतको शव फेला परेको हो।मृतक रावत सोही गाउँपालिका–१ आर्चायका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
चालक मुगु छाँयानाथ नगरपालिका -२ का ३६ वर्षका वसन्त तिरुवा रहेका छन्।घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन बाबू रेग्मीले जानकारी दिए।,” डिएसपी रेग्मीले भने, “प्रारम्भिक अनुसन्धानबाट घटनाको कारण अझै नखुलेको र थप अनुसन्धान भइरहेको छ।”मृतकको शव परीक्षणका लागि प्रतिष्ठान अस्पताल जुम्ला पठाइएको छ। यस घटनासँग सम्बन्धित विविध कोणबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






