५ महिनादेखी सुरक्षा गाडको भरमा जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग


जुम्लाको समन्वय समितिको पुरानोको एक भवन भित्र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय छ । पुरानो अक्षर मेटिन लागेको वोर्ड टासेको कार्यालय अगाडि बोराले ढाकिएको एक मोटर साईकल राखिएको पनि छ ।

कार्यालयको ढोकामा टोलाएर बसिरहनु भएको एक जना महिला कर्मचारी हुन् । राष्ट्रिय मानवअधिकार आयोग जुम्लाको कार्य अधिकार कटौति गरेपछि ५ महिना देखी जुम्ला शाखा सुरक्षागाडको भरमा छ । जुम्लामा रहेको लेखा व्यवस्थापन प्रणाली सुर्खेत सारेपछिको झण्डै १ बर्ष एक जना अधिकृत र एक जना सुरक्षा गार्ड जुम्लाका कार्यालयमा राखिएका थिए ।

तर गत भदौ महिनामा शाखा अधिकृतको समेत सरुवा गरेपछि जुम्ला कार्यालय सुरक्षा गार्डको भरमा र काम काज वन्द भएको छ । आयोगले तत्कालिन निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका शाखा अधिकृत धनराज शाहीको गत्त भदौमा सरुवा नेपालगञ्ज गरेपछि त्यस पछि जुम्ला कार्यालयमा जनशक्ति पठाईएको छैन । सुरक्षा गार्ड कल्पना महतारा भने बिहान दश बजे देखी कार्यालय खुलाउँछिन तर काम हुदैन ।

राष्ट्रिय मानव अधिकार आयोगले साविकको कर्णालीमा कायालयनै खोलेर काम गरिरहेको समयमा अहिले अधिकार कटौति गरि भएको जनशक्ति हटाईदिएपछि सेवाग्राही प्रभावित हुनुका साथै स्थानीय सरोकारवाला निकायको गुनासो बढ्दै गएको छ । पहिले उपसचिव सहित ४ जना शाखा अधिकृत सहित दर्जन बढि कर्मचारी भएको कार्यालयलाई विकल्पै नगरि सुर्खेत सारिएको प्रति स्थानीय नागरिक अगुवा संस्थाहरु, सरोकारवाला निकाय र जनप्रतिनिधिले जुम्ला कार्यालयले नखुम्चाई साविक जनशक्ति र अधिकार सहित स्थापित गर्न अनुरोध गरेका छन् ।

जिल्ला सममन्य समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार आफ्नै बृहत कार्यालय भई संचालन गरिएको मानव अधिकार आयोगको भाडा समेत कटौति भएपछि आयोगको अनुरोधमा जिल्ला समन्वय समिति भित्रको एक घरमा कार्यालय राखियो । अहिले ५ महिना देखी एक जना अधिकृत समेत सरुवा गरेपछि कुनै सुनुवाई नभएको बताउँछन् ।

उनले भने, यहाँ मात्रै नभई काठमाण्डौमा समेत पुगेर राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका अध्यक्ष तपबहादुर मगर, सचिब मुरारी प्रसाद खरेललाई संयुक्त रुपमा भेटेर तत्काल कर्मचारी ब्यवस्थापन गर्न माग पनी गरेका हौँ । उनका अनुसार सचिब र अध्यक्षले हामी जुम्लामा रहेको मानव अधिकार आयोगको कार्यालयलाई मुगु र जुम्लालाई हेर्ने ब्यवस्था गरी कर्मचारी छिट्टै ब्यवस्थापन गर्ने भन्नु भएको थियो । तर अहिले सम्म केही नभएको गुनासो गरे ।

यता नागरिक समाज, पत्रकार महासंघ सहितका निकायले पटक पटक ध्यानाकर्ष गराए । काठमाडौमा जुम्लाका संघीय सांसद कान्तिका सेजुवाल, संविधानसभासदस्य नरेश भण्डारी सहितको टोली समेत आयोगमा पुगेर ध्यानाकर्षण गरेको थियो ।

अहिले पछिल्लो समयमा जनशक्ति व्यवस्थापन गर्नु,त कता छ, कार्यालयका सामानहरु बिस्तारे ओसारिदै गरेको पाईएको छ । जिल्ला समन्वय समिति जुम्लाका अनुसार हामीलाई जानकारी नगरी, ल्यापटब, मोटरसाईकल, मोबाइल लगायतका आबश्यक समान सुर्खेतबाट कर्मचारी पठाई लिईसकेको खवर पाइएको छ । समन्वयले सामान हाम्रो रोहवरमा रहेकाले अहिले समस्या भएको प्रमुख आचार्यले बताए ।

अर्को माघ महिनाको अन्तिम तिर जिल्ला समन्वय समितिमने नयाँ भवन निर्माण हुन लागेको छ, त्यो भवन भत्काई नयाँ भवन बनाउने तयारी छ । उक्त कार्यालय भित्र रहको मानब आधिकार आयोगको समानको जिम्मेवार को हुने कुनै अतोपतो छैन । राष्ट्रिय मानवअधिकार आयोग जुम्ला शाखाका सुरक्षा कल्पना महताराले यो कार्यालय सुर्खेत मार्फत चलेको बताइन् । म सामान कुरेर बसेकी छु । कार्यालय समयमा ढोका खोल्ने र बन्दा गर्ने काम मात्रै गर्छु । बेला –वेला यस कार्यालयमा गुनासो बोकेर आएका नागरिकहरुलाई कर्मचारी छैनन,भनेर फर्काउ छु ।

सेवा लिन आउनेहरुले कहिले आउँछन कर्मचारी भनेर सोध्नु हुन्छ । मेरो काम कार्यालय कुरेर बस्ने हो । मलाई कर्मचारी आउने नआउने बिषयमा कुनै जानकारी नभएको जवाफ दिने गरेको बताउँछिन् । यता राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डा.टीकाराम पोखरेले जुम्लाको मानव अधिकार आयोगको कार्यालय संञ्चालनको लागी अर्थ मन्त्रालयमा पठाएको जनाए ।

‘हामीले जुम्लामा रहेको कार्यालय बन्द गर्ने कुरै हुदैन । अर्थ मन्त्रालयमा संगठन संरचना संञ्चालनको लागी पठाएका छौँ । सरकारले मानव अधिकार आयोगको कार्यलाई ढिला सूस्ती गरेको छ । हामी जुम्लाको कार्यालय संञ्चालनको निम्ती पहल गरिरहेका छौँ । जुम्लामा रहेको कार्यालय हटाउने मानसिकतामा आयोग छैन ।

यता जुम्लामा सबै क्षेत्रबाट उक्त कार्यालय नहटाउने भनेर पटक पटक ध्यानाकर्षण पनी भइरहेको छ । यति भन्दा पनि जुम्लामा उपसचिव सहित १४ जना दरवन्दी भएको कार्यालय अहिले सुरक्षा गार्डको भरमा छ।भने आयोगको मनसाय हटाउने भएको सरोकाररवाला बताउँछन । लामो समय देखी जुम्लामा रहेको आयोगको कार्यालय कर्मचारी बिहिन हुदा मानव अधिकार उल्लंघन भएका घटनामा आवाज उठ्न छोडेका छन् । आयोगले जुम्लामा द्धन्द्धकाल, कर्णाली प्रदेशको आन्दोलन, डा. गोविन्द केसीको आन्दोलन देखी विभिन्न घटना तथा कर्णालीको सवालमा काम गर्दै आएको थियो ।

५ महिनादेखी सुरक्षा गाडको भरमा जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग

सल्यानमा आमाले गरिन नाबालिक छोरिको हत्या

५ महिनादेखी सुरक्षा गाडको भरमा जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग

जुम्लामा खस संस्कृतिको भैलोको रौनक