लुम्बिनी प्रदेशमा दसैँ अवधिमा ५३६ सवारी दुर्घटना, २२ को मृत्यु — बाँकेमा मात्रै ९९ दुर्घटना ४ को मृत्यु

बाँके,२२ असोज ।

दशैको समयमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको दर उच्च देखिएको छ। असोज ६ गतेदेखि १९ गतेसम्मको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामा गरी ५ सय ३६ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने १ सय ४८ जना गम्भीर घाइते र ५ सय ८७ जना सामान्य घाइते भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डीएसपी दीपेश बस्यालका अनुसार, पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा दुर्घटना धेरै भएका छन्। मृत्यु हुनेमध्ये १२ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका छन्। गम्भीर घाइतेमा ९६ पुरुष, ३२ महिला र १९ बालबालिका रहेका छन् भने सामान्य घाइतेतर्फ ३७४ पुरुष, ४८ महिला र ७७ बालबालिका रहेका छन्।

दुर्घटनाका हिसाबले सबैभन्दा बढी घटना रुपन्देहीमा भएका छन्। रुपन्देहीमा मात्र १ सय ३५ दुर्घटनामा ७ जनाको मृत्यु, २० जना गम्भीर घाइते र १ सय १९ जना सामान्य घाइते भएका छन्।

त्यसपछि बाँके दोस्रो बढी दुर्घटनाग्रस्त जिल्ला बनेको छ। बाँकेमा ९९ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। यहाँ १६ जना गम्भीर घाइते र १ सय ४० जना सामान्य घाइते रहेका छन्। बर्दियामा ९३ दुर्घटनामा ३ जनाको मृत्यु, ५५ जना गम्भीर घाइते र ५३ जना सामान्य घाइते भएका छन्।

अन्य जिल्लाहरूमा पनि दुर्घटनाको संख्या उल्लेख्य रहेको छ। कपिलवस्तुमा ४४ दुर्घटनामा ३ जनाको मृत्यु, पाल्पामा २३ दुर्घटनामा २ जनाको मृत्यु, अर्घाखाँचीमा १० दुर्घटनामा २ जनाको मृत्यु र दाङमा ५० दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दसैँ अवधिमा यात्रुको अत्यधिक चाप, चालकको लापरबाही, गति सीमा उल्लंघन र सडक सुरक्षामा ध्यान नदिँदा दुर्घटनाको दर बढेको हो। ट्राफिक प्रहरी कार्यालयले सवारी चालक र यात्रु दुबैलाई सचेत रहन आग्रह गरेको छ।

 

लुम्बिनी प्रदेशमा दसैँ अवधिमा ५३६ सवारी दुर्घटना, २२ को मृत्यु — बाँकेमा मात्रै ९९ दुर्घटना ४ को मृत्यु

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

लुम्बिनी प्रदेशमा दसैँ अवधिमा ५३६ सवारी दुर्घटना, २२ को मृत्यु — बाँकेमा मात्रै ९९ दुर्घटना ४ को मृत्यु

घुयँत्राे:“राज्यमा बा हराएपछि बाका सन्तानकाे संकट!”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds