कृषि खाद्य प्रणाली र विद्यालय दिवा खाजा आपूर्ति सम्बन्धि कार्यशाला गाेष्ठी सम्पन्न

काली बहादुर परियार,

जुम्ला,२२ मंसिर ।

जुम्लामा साेमबार कृषि खाद्य प्रणाली सुदृढीकरणका विषयमा महत्वपूर्ण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (RERAS) कृषि वस्तुको बजारिकरण तथा विद्यालय दिवा खाजा कार्यक्र सम्बन्धी बहुआयामिक छलफलका लागि आयोजना गरिएको यस कार्यक्रमले स्थानीय तह, विद्यालय, किसान, समूह लगानी निकायका प्रतिनिधि तथा साझेदारी संस्था बीच सहकार्यका नयाँ आधारहरू निर्माण गरेको छ।

कार्यक्रम चन्दननाथ नगरपालिकाको आयोजनामा, नर्वे सरकारको सहयोग, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) विश्व खाद्य कार्यक्रम (WFP) तथा LI-BIRD को सहकार्यमा उक्त सम्पन्न भएको हो ।

जुम्ला जिल्लामा नवीकरणीय ऊर्जा प्रयोग मार्फत कृषि उत्पादन, प्रशोधन तथा बजारिकरणलाई सहज बनाउने प्रयास RERAS परियोजनाको प्राथमिकता मानिएको छ ।

कार्यशालामा नवीकरणीय ऊर्जा प्रविधिहरू विशेषगरी सौर्य–आधारित सिँचाइ, कृषि प्रशोधन प्रविधि, चिस्यान गृह (काेल्ड स्टोरेज) जस्ता पूर्वाधारहरूको सम्भावना र आवश्यकता बारे छलफल गरिएको छ ।

साथै, विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनको उपयोग कसरी बढाउन सकिन्छ भन्ने विषय पनि गोष्ठीको प्रमुख एजेन्डामा बनेकाे छ।

सहभागीहरूले स्थानीय किसानका उत्पादन विद्यालय सम्म पुर्‍याउने आपूर्ति प्रणाली बलियो बनाउन सहकारी, व्यापारी र विद्यालय बीच समन्वय आवश्यक रहेको सुझाव दिए।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले कृषि उत्पादनमा जुम्लाको विशिष्टता, जैविक उत्पादन, स्थानीय जात, चिस्यान मैत्री फलफूल तथा तरकारी लाई बजार सम्म पुर्‍याउन ऊर्जा पहुँचको विस्तार अपरिहार्य रहेको बताए।

उनका अनुसार, नवीकरणीय ऊर्जा प्रविधि प्रयोगमा अनुदान, प्राविधिक सहयोग र बजार पहुँचका मोडलहरू विकास गर्न संस्था र स्थानीय तहसँग सहकार्य गरिने उल्लेख गरे ।

यस्तै कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (RERAS ) परयाेजनाका कार्यक्रम संयाेजक ऋषिराज ओलीले जुम्ला क्षेत्रमा खाद्य सुरक्षाका चुनौती कम गर्न स्थानीय शासन र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताएका छन् ।

उनका अनुसार विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय किसानका उत्पादन समावेश हुनु कृषि प्रोत्साहन र पोषण सुरक्षाका दृष्टिले दुवै सकारात्मक हुने उनकाे भनाइ थियो।

यस्तै लिबर्ड नेपाल जुम्लाका कार्यक्रम संयाेजक बुद्व बि.क ले
कृषिमा नवीकरणीय ऊर्जा प्रयोगका सफल उदाहरण प्रस्तुत गर्दै जुम्लामा कृषि ऊर्जा पोषण प्रणाली एकीकृत मोडेल विकास गर्न सकिने बताएका थिए ।

कार्यक्रममा सहभागी सरोकारवालाले कृषि, ऊर्जा र पोषणका कार्यक्रमहरू छुट्टाछुट्टै होइन, समन्वित रूपमा कार्यान्वयन गरिए जुम्लाको समग्र खाद्य प्रणाली दिगो बन्ने धारणा राखे ।
आजकाे कार्यशाला गाेष्ठी बाट प्राप्त सुझावहरू आगामी नगरसभा र योजनामा समावेश गरिने आयोजकले जानकारी गराएको छ ।

कृषि खाद्य प्रणाली र विद्यालय दिवा खाजा आपूर्ति सम्बन्धि कार्यशाला गाेष्ठी सम्पन्न

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५०

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds