“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित तेस्रो विरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिता फागुन १८ देखि

सरला सुवेदी ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित तेस्रो विरेन्द्र शाही स्मृति खुल्ला क्लब स्तरीय २०–२० क्रिकेट प्रतियोगिता आगामी फागुन १८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ र यसमा १६ वटा क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिता युनाइटेड भिजन क्रिकेट क्लबद्वारा आयोजित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गम्भिरजङ्ग मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले खेलकुदको महत्त्व र यसको राष्ट्र निर्माणमा योगदानका विषयमा आफ्ना धारणा राखे ।

क्षेत्रीले खेलकुद केवल स्वास्थ्य सुधारका लागि मात्र नभई दक्ष खेलाडी उत्पादन गर्ने प्रमुख माध्यम रहेको बताए । “खेलकुदले प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिन्छ । कोहलपुरलाई देशकै खेलकुद हबका रूपमा विकास गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त आवश्यक छन्,” उनले भने ।

क्षेत्रीले विशेष गरी बाँकेको कोहलपुरबाट महिला क्रिकेटको विकास सुरु भएको स्मरण गर्दै खेलकुदमा आफ्नो निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरे । “क्लबहरूका लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गर्न म सदैव तयार छु,” उनले भने ।

कार्यक्रमका विशिष्ट अतिथि, कोहलपुर नगरपालिका खेलकुद विकास संयोजक चक्र चिमाला क्षेत्रीले, “खेलकुदको दिगो विकास सबैको हातेमालो र सहकार्यबाट मात्र सम्भव छ । नगरपालिकाले यस्ता गतिविधिहरूलाई अझ बढी बजेट विनियोजन गरेर प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ,” भने ।

त्यसैगरी, वडा नं. ११ का अध्यक्ष कल्पना अधिकारीले खेलकुदले युवापुस्तालाई सकारात्मक बाटोमा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगरपालिका र वडास्तरमा खेलाडीहरूको हौसला बढाउन आवश्यक काम गर्नुपर्ने धारणा राखे ।

नेकपा एमालेकी नेत्री अनिता पौडेलले समग्र कोहलपुरको खेलकुद विकासका लागि आफूले भौतिक र आर्थिक रूपमै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “खेलकुदले समाजको समग्र विकासमा योगदान दिन्छ । यसका लागि हामी सबैले भूमिका खेल्नुपर्छ,” पौडेलले भने ।

यस प्रतियोगिताले नयाँ प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय मञ्चमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । कोहलपुरमा पछिल्ला दिनमा भइरहेका यस्ता गतिविधिले क्षेत्रीय खेलकुदको सम्भावना उजागर गर्दै यस क्षेत्रलाई खेलकुद पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै खेलकुदमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरणा दिने आयोजकले बताएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित तेस्रो विरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिता फागुन १८ देखि

राज्यको चरम उपेक्षामा तेलपानी–भुरिगाउँ सडक

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित तेस्रो विरेन्द्र शाही स्मृति क्रिकेट प्रतियोगिता फागुन १८ देखि

दुर्गमका विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन