“जुम्लाका किसान बिमा रकम नपाएर आक्रोशित”

गाेल्डेन बुढा
 जुम्ला ,२१ मंसिर ।
जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बिमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।जुम्लाको तातोपानी गाउँपालिकाका स्याउ किसानहरूले संगठित भएर बिमा रकम माग गर्दै आन्दोलनको घोषणा गरेका छन्।

उनीहरूले आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा गरिएको स्याउ बिमाबापतको क्षतिको रकम भुक्तानी नभएको भन्दै चेतावनीसमेत दिएका छन्।किसानहरूले पदमबहादुर डाँगीको संयोजकत्वमा १७ सदस्यीय पहल समिति गठन गरेका छन्। समितिले स्याउको क्षतिको मूल्यांकनमा खडेरीबाट क्षति भएका विरुवा समावेश नगरी न्यूनदर कायम गरिएको आरोप लगाउँदै संस्थागत संवादको तयारी थालेको छ। डाँगीका अनुसार, पहिलो चरणमा तातोपानी भित्रका बिमा किसानहरूको विवरण संकलन गरेर क्षतिको सही मूल्यांकन गरी शिखर इन्स्योरेन्ससँग संवाद गरिनेछ।समितिमा प्रत्येक वडाबाट दुई-दुई जना प्रतिनिधि समावेश गरिएको छ। समितिले स्याउ बिमा गरेका किसानहरूलाई सम्पर्कमा आउन समेत आग्रह गरेको छ। डाँगीले भने, “किसानहरूले प्राकृतिक प्रकोपबाट बच्न बिमा गरेका थिए। असिना, खडेरीले क्षति पुगेको दाबी गर्दा भुक्तानीमा ढिलाइ भएको देखियो। अब आन्दोलन बाहेक विकल्प छैन।”यसअघि पनि जुम्लाका किसानहरुले नाराबाजी गरि बिमा कम्पनीमा घेराउ गरि तालासमेत लगाएका थिए। यता तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाले भने, “बिमा क्षतिको मूल्यांकन गर्दा चन्दननाथ नगरपालिका बाहेक अन्य स्थानीय तहका किसानलाई विभेद गरिएको छ। किसानको आशा निराश नगरियोस्।”यस्तै शिखर इन्स्योरेन्स कम्पनीका दाबी शाखा कर्मचारी पदम रावतका अनुसार अहिलेसम्म जुम्लाका १ हजार ४० सय १ जना किसानले भुक्तानी पाएका छन्। मौसम केन्द्रको रिपोर्ट अनुसार नगरपालिकाभित्रका किसानले प्रति विरुवा ६ सय ३८ रुपैयाँ, गुठिचौर २ सय १९ रुपैयाँ, तिला र हिमा ३ सय ३८ रुपैयाँ, सिंजा १ सय ७४ रुपैयाँ, कनासुन्दरी र तातोपानी २४ रुपैयाँ पाउनेछन्।जुम्लामा कुल ४ हजा ५ सय १७ जना स्याउ बिमित छन्। यसमध्ये कनकासुन्दरीमा ३ सय ९९, सिंजा ५ सय ७१, हिमा ५ सय २५, तिला ३ सय ८६, तातोपानी ६ सय ११, चन्दननाथ नगरपालिका ६ सय ७२, गुठिचौर ५ सय ३७ र पातारासी ८ सय १६ जना छन्। कुल १२ लाख १२ हजार ,७ सय ७ वटा स्याउ विरुवा बिमित छन्।यता गुठिचौर- ५ धिता गाउँका किसान केशव धितालले २ सय स्याउ विरुवा बिमा गरेका तर, अहिलेसम्म रकम पाएका छैनन्।

सिंजा-१ जाँच गाउँका पदम रोकायाले पनि ३ सय स्याउका बिरुवा बिमा गरिसकेकाे भए पनि भुक्तानी नआएको बताए। उनीहरूले किसानको दुख,पीडा बुझ्न आवश्यक रहेको जिकिर गरे।किसान र बिमा कम्पनीबीचको द्वन्द्वले अहिले जिल्लामा तनावको वातावरण सिर्जना गरेको छ। किसानहरू अब संगठनबद्ध भएर अधिकारको लागि आन्दोलनमा उत्रने तयारीमा छन्।

“जुम्लाका किसान बिमा रकम नपाएर आक्रोशित”

जोडु मावि: निरन्तर पहिरोमा पढेका विद्यार्थी, नयाँ

“जुम्लाका किसान बिमा रकम नपाएर आक्रोशित”

जीवनज्योती स्कुलमा अभिभावक दिवस सम्पन्न : ‘बालबालिकाको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds