विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन

नयाँदिल्ली, १९मङ्सिर (रासस/क्युएनए) । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन् । उनका अनुसार पश्चिमी राष्ट्रहरूको विरोध र हस्तक्षेपकै कारण द्वन्द्व झनै चर्किएको छ ।

पुटिनले भने, “लडाइँ जारी रहनुको प्रमुख कारण किएभको कठोर अडान हो, र हाम्रो लक्ष्य रूसका राष्ट्रिय हित तथा जनताको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो ।” मध्यपूर्वतर्फ सङ्केत गर्दै उनले प्यालेस्टिनी मुद्दा समाधानका लागि संयुक्त राष्ट्रसङ्घभित्र रूसको प्रतिबद्धता दोहोर्याए । गाजा सङ्कट समाधानका लागि स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना अपरिहार्य रहेको बताउँदै, गाजा प्रशासन सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावलाई रूस समर्थन गर्न तयार रहेको समेत उल्लेख गरे ।

विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन

चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र

विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds