झन्डै १४ वर्षपछि प्रहरीचौकाे आफ्नै भवन

गाेल्डेन बुढा

जुम्ला,१८ मंसिर ।
झण्डै १४ वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको कनकासुन्दरी गाउँपालिका-५ गोठिज्युला प्रहरीचौकी अब आफ्नै भवनमा सेवा प्रवाह गर्न थालेको छ। स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएपछि ४ करोड १० लाख रुपैयाँमा तीन तले, हिरासतसहितको सुविधा सम्पन्न भवन निर्माण भएको हो।भवन बुधबार डिआइजी माधवप्रसाद श्रेष्ठले उद्घाटन गरे। उनले प्रहरीलाई “निर्धक्क भएर जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्न” निर्देशन दिए। डिआइजी श्रेष्ठले नयाँ भवनले “समुदाय–प्रहरी सम्बन्धलाई नयाँ आयाम दिने” विश्वास व्यक्त गरे।नयाँ भवनमा कार्यकक्ष, गार्डरूम, सञ्चार कक्ष, महिला–पुरुष छुट्टाछुट्टै हिरासत, भान्सा, मनोरञ्जन कक्ष र स्वच्छता-अनुकूल शौचालय निर्माण गरिएको छ।

भूकम्पप्रतिरोधी संरचना, पर्याप्त हावापानी र सुरक्षा गोपनीयताको दृष्टिले निर्माण गरिएको भवन दीर्घकालीन प्रयोगको मापदण्डअनुसार बनाइएको निर्माण पक्षले जनाएको छ।जुम्लामा १३ वटा स्थायी प्रहरीचौकी छन्। तीमध्ये गोठिज्युला, रारालिही र कुडारी आफ्नै भवनमा सञ्चालन भइरहेका छन् भने बाँकी १० वटा भाडाको घरमा छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र रेग्मीका अनुसार अस्थायी प्रहरी पोष्ट ६ वटा छन् र जिल्लाभर २९ वटा प्रहरी युनिट सञ्चालनमा छन्।डिएसपी रेग्मीले भने, “पूर्वमा वर्षा-हावामा चुहिने छाना, चिसो कोठा र असुरक्षित अवस्थाबाट खटिनुपर्ने बाध्यता हटेको छ। अब समुदायलाई अझ नजिकबाट सेवा दिन सजिलो हुनेछ। गोठिज्युला प्रहरीचौकी सबैभन्दा सुविधा सम्पन्न र गुणस्तरीय भवन बनेको छ।”गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले भवन निर्माणलाई प्रहरी र स्थानीय तहबीचको सहकार्यको प्रत्यक्ष उदाहरणको रूपमा वर्णन गर्दै भन्नुभयो, “यो भवनले स्थानीय शान्ति-सुरक्षा कायम गर्न ठोस योगदान पुर्‍याउनेछ। आवश्यक सहयोगमा पालिका कहिल्यै पछि हट्दैन।”स्थानीयवासीहरूले नयाँ भवनलाई केवल संरचना नभई ‘राज्यको उपस्थितिको प्रतीक र नागरिक भरोसाको सशक्त आधार’को रूपमा मूल्याङ्कन गरेका छन्। उद्घाटन समारोहमा स्थानीयवासी, जनप्रतिनिधि, जग्गा दाताहरू, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सामाजिक संस्थाका अगुवाहरू उपस्थित थिए।जुम्लाको कठोर भू-भाग, दुर्गम बस्ती र चुनौतीपूर्ण ढुवानीबीच समयमै सम्पन्न भवन निर्माणले प्रदेशको पूर्वाधार निर्माण क्षमतामा महत्वपूर्ण संकेत दिएको विश्लेषकहरूको धारणा छ।

झन्डै १४ वर्षपछि प्रहरीचौकाे आफ्नै भवन

कार्यस्थलमा समेत महिला असुरक्षित

झन्डै १४ वर्षपछि प्रहरीचौकाे आफ्नै भवन

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

Leave a comment

Your email address will not be published. Required fields are marked *