घुयँत्राे:“कम्युनिष्टको घर–पल्लो कोठा, वल्लो चुलो : हरेक पाँच वर्षमा नयाँ बास”

जस्ले जे सुकै भनून एमाल्याँनि शंकर पाेखरेल भन्ने मान्छे खास्साका छन के ! याेदेशाँ ५० ठाँ चिरा परेर र` का कमिनिष्ट मध्ये गाेडासातेक जतिलाई लगेर प्रचण्डले के गाेठाँ बाध्ने दाउ गर्दै थे कतै अब कमिनिष्टजति प्रचण्डले सक्ने भाे भन्ने लायाे कि किन हाे कुन्नि एमालेका शंकर पाेखरेललेनि ” एमाल्याँ आउने भा आओ ढाेका खुलैछ तर नेता , नेतृत्व र नीति फेर्ने कुरा गर्ने हैन ” भनेर पाे सर्त त्यर्स्याउँदैछन त गाँठे । के हाे यस्ताे काईदा ! नेता र नीति नफेर्ने नेतृत्वकाे बिरुद्ध बाेल्नै नपाईने हाे भनेत कराेडाैँ रुप्पियाँ उडाएर कार्यकर्ता खल्ति खालि गराएर गाउँगाउँबाट आएर याे महाधिबेशन अनि चुनाब किन गर्न पराेतनि ! जेनजी आन्दोलन पछि अताल्लिएका नेताहरु कैले के बतुराउँछन कैले के बतुराउँछन बिचरा तिनका कार्यकर्ता रुनि ऐले त अन्याैलमै छन के । माधब नेपाल सेना मेनालेर माओवादियाँ जान लाएछि झस्केका एमालेका बा खडक ओलि कतै याे बल गरेछि पुराना एमालेहरु आईजान्छनकि भनेर यामानकाे चिर्पेटाेभरि आफ्ना राग अलापेर घर छाेडेर ग` काहरु घरतिरै फर्क्याओ भनेर मनत्र मार्दैथे तर के गर्नु ऐलेसम्म काेई आउलानजस्ताे छाँट छैन । समाजवादिका “नागराज” झलनाथ खनाल माधबसित ठुस्सिएर प्रचण्ड सपत जान्न भनेर बस्याछन ।

बिचरा सब्बैभन्दा सिनियर नेतालाईनि यसाे ठाउँ बनाएर लग्नु पर्छनि माधबलेनि ! खालि आफ्नो मात्रै पद बनाएर गएछि बिचरा,धामी( भुषाल) झाँक्रीहरलाई विच सडकाँ छाेडदेर एक्लै प्रचण्डका पाेईल गएछि बिचराहरु सडकाँ एक्लाएक्लै डुड्डाउँदैछन । हुनपनि वलिले घाेक्रेठ्याक लाएर पाटियाट निकाल्दा दुखका बेलाँ साथदेका साथीहरलाई छाडेर एक्लै मलामी गाझैँ के गा हाेलानतनि माधबनि । वास्तबमा राजनीति गर्न अघाछैन नमरिन्जेल धित पुग्नेगरि राजनीति गर्नेहुम भन्ने लाथ्याे भनेनि त्यै एमाले भनाउँदाे पाटिमै गएर राजनीति गरे भै हाल्याेनि । माओवादियााँ गएर साथिहरुबाट अलग्गिनु भन्दा त बरु एमाल्याँ गएर रातदिन केपिकाे धुपबत्ति गरेर बसेत एकदिन न एकदिन त पालाे त्तई हाल्थ्याेनि अब त्याे काेई नचिन्या विरानाे पाटियाँ गएर ती बिराना मान्छेले थाेडि माधबलाई पर्न दिन्छन । ल शंकर पाेखरेलले भन्याझैँ एमाल्याँ जाने ओलिकाे विराेध नगरेरै थपुक्क ब्यान बेल्का धुप बालेर बसेनि एक न एक दिन त ओलि मुनिकाे नेता बन्ने अबसर त माधबकै त आउँदाे त ! अरु केई नभएनि पाटि अफिस आउँदा जाँदा गफ गर्ने साथि त हुँदा हुन त ! त्याे माओवादि पाटिका कार्यकर्ता कल्ले चिन्छन माधबलाई र गफ गरेर बस्दिन्छन । कमसेकम आफ्नै पुरानाे पाटियाँ गा भा आउने चुनाबाँ चुनाब लडन पाइँदाे , लडने मात्रै हैन जितेरै आउन पाइँदाे तर माओवादिले त टिकट पनि दिने हुनकि हैनन ।

चुनाबाँनि कल्लाई प्रचार गर्न जाउ भन्ने हाेर ! आँफुपाे माओवादि भईयाेत झरछिमेक र हिजाे आफ्ना साथ लाएर हिँडने त माओवादि भाछैनन क्यारे । त्यसैले याे कमिनिष्टहरकाे कैलेकाे वल्लाे घर अनि कैलेकाे पल्लाे घर गर्ने खेलाेलेनि कमिनिष्ट एक्कै ठाँ बाँध्धियलान र गैर कमिनिष्टहरलाई अप्ठ्यारो पार्लान भन्नुनि बेकारै जस्ताे लायाे । भन्ने बेलाँ सिङ्गै पाटि गएर बिलय भयाे भन्छन तर जाने बेलाँ त्यै पाटिकाे याैटा टाउकेमात्रै जान्छ अनि अरुफेरि ती बटुलबाटुल भएर अर्काे पाटि दर्ता गर्छन अनि त्यैँ दाईँ हाल्छन ।

बाईराट हेर्ने मान्छेले त्यैँ कमिनिष्टकाे अर्काे चिरा पर्या देख्छन।अनि कमिनिष्टहरु आँफआँफै सक्क्या देख्छन । चुनाबै पिच्छे मिल्यामिल्यैनि छन तर पनि चुनाबाँ भन्याजस्ताे हुन्न अनि फेरि नयाँ घर बनाउन शुरु गर्छन यस्तै गर्दागर्दै दिन धकेल्याे दुईचार दिनका समाचार बन्याे सक्क्याे । धन्य हाे कमिनिष्ट नेताहरु तिमरकाे जिन्दगी २ दिनकाे मुते न्यानाे ।
” बिरसिक्का”

घुयँत्राे:“कम्युनिष्टको घर–पल्लो कोठा, वल्लो चुलो : हरेक पाँच वर्षमा नयाँ बास”

जीवनज्योती स्कुल कक्षा ११ र १२ का

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds