आँखा शिविरबाट ६ सय वढि आँखाका विरामि लाभान्वित

दुर्गा विसि

 सल्यान ,१७ मंसिर 
सल्यान पश्चिममा सञ्चालित दुईदिने निशुल्क आँखा शिविरमाबाट ६ सढिले सेवा लिएका छन् । आँखाका विरामि हुनेमा जेष्ठ नागरिकहरुकाे वढिरहेकाे तथ्यांक छ । १ सय जना माेतिया विन्दु भएका नागरिककाे शल्यक्रिया गरिएको छ ।शल्यक्रिया पश्चात् पुनः नयाँ संसार देख्न पाएकाे जेष्ठ नागरिकहरुकाे भनाइ रहेको छ ।

नगरका ७ वटा स्थानमा शिविर छनौट गरिएको थियोे । तिलगंगा आँखा अस्पतालकाे आर्थिक सहयोग,नेपाल रेडक्रस साेसाइटी सुर्खेत आँखा अस्पतालकाे प्राविधिक सहयोग,नेपाल रेडक्रस साेसाइटी उप शाखा देवस्थल सल्यानकाे समन्वय र बनगाड कुपिण्डे नगरपालिकाकाे आयोजनामा दुईदिने आँखा शिविर कार्यक्रम आयोजना गरिएको थियोे ।

देवस्थलकाे नगर अस्पतालमा सञ्चालित आँखा शिविरकाे समापन सत्रमा नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि,प्रमुख प्रशासकिय अधिकृत गोकर्ण पन्थी,नगर अस्पताल व्यवस्थापन प्रमुख इन्द्र पोख्रेल,नगर स्वास्थ्य शाखा प्रमुख नवीन चौधरी,नेत्र विशेषज्ञ आकांक्षा राना लगाएतले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियोे ।आँखाकाे उपचारमा प्राविधिक टिममा डाक्टर आकांक्षा राना,अरुण गुप्ता,प्रेम केसि लाएतको टिमले दुईदिनसम्म माेतिया विन्दु भएका नागरिक र विरामिहरुकाे उपचारमा सहयोग गर्नु भएको थियोे । मुख्यत यश क्षेत्रमा आँखामा समस्या देखिनुकाे मुख्य कारण आँखा सुख्खा,सुर्यको किरण,घासपात काट्दा आँखामा घाउ भएका,जल विन्दु,उच्च मधुमेह वढि भएका देखिन्छ ।वर्षेनि आँखाका विरामि वढेकाे डाक्टर रानाको भनाइ रहेको छ ।

७ वटा शिविरबाट छनौट भएका आँखाका विरामिलाइ देवस्थलमा रहेकाे नगर अस्पतालबाट दुईदिनसम्म शिविर सञ्चालन गरि शल्यक्रिया सम्पन्नता पश्चता घर पठाएको छ। समापन सत्रको कार्यक्रम सञ्चालन गर्दै नेपाल रेडक्रस साेसाइटी देवस्थल उप शाखाकाका सभापति पुष्कर विसिले आँखा शिविरमा सधैं रेडक्रस यहाँहरुकाे सारथि रहेको औंल्याउनु भयो ।उक्त शिविरमा छिमेकी पालिका सिद्धकुमाख,कुमाख र सिम्ता गाउँपालिका सुर्खेतबाट समेत उपचार गर्न आएको जनाएकाे छ ।वर्षेनि आँखा शिविर आयोजना गरि पालिकाले आफ्ना नागरिककाे स्वास्थ्यमा साथै आर्थिक रुपमा ठुलो सहयोग पुर्याएको नगर प्रमुख वुढाथाेकिकाे भनाइ रहेको छ ।आफू जनप्रतिनिधि भइ आए पश्चात् नगरवासिले आंखाको उपचारकाे लागि नेपालगञ्ज,सुर्खेत र काठमाडौं धाउनु नपरेको उहाँको दावि छ ।

किनकि आँखाका विरामिहरुकाे लागि निरन्तर ४ वर्ष र वर्षमा एकपटक पालिका स्तरमै आँखा शिविर आयोजना भैइरहेको जनाएको छ ।लगत्तै नागरिकका लागि मुटु र मृगौलाकाे समेत शिविर सञ्चालन हुने,नगर अस्पतालकाे उपकरण सामग्री खरिद हुने क्रममै रहेको नगर प्रमुख वुढाथाेकिकाे भनाइ रहेको छ ।

आँखा शिविरबाट ६ सय वढि आँखाका विरामि लाभान्वित

‘सिंजा जोडु दाँतमा बृहत् स्वास्थ्य शिविर :

आँखा शिविरबाट ६ सय वढि आँखाका विरामि लाभान्वित

घुयँत्राे:“जनताको चेतना अपग्रेड : भदौ २३ अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds