‘सिंजा जोडु दाँतमा बृहत् स्वास्थ्य शिविर : महिलादेखि बालबालिकासम्म उपचार

गाेल्डेन बुढा

जुम्ला,१७ मंसिर।
जुम्लाकाे सिंजा गाउँपालिका–६ को जोडु दाँतस्थित माध्यमिक विद्यालय प्राङ्गण सोमबार दिनभरि अस्पतालसरहको चहलपहलले भरिएको थियो। वर्षौँदेखि सामान्य उपचारका लागि समेत घण्टौँ हिँडेर नराकोट वा सदरमुकाम धाउन बाध्य स्थानीयवासी पहिलोपटक आफ्नै गाउँमा विशेषज्ञ टोली देखेर उत्साहित थिए। स्वास्थ्य सेवा पहुँचको अभाव झेल्दै आएका नागरिलाई प्रत्यक्ष लाभान्वित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २ सय ७२ जना स्थानीयले उपचार तथा परामर्श सेवा पाए।शिविरमा सर्वाधिक भीड महिलातर्फ देखियो। १ सय ५२ महिलाले स्त्रीरोग तथा पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये ५५ जनामा VIA परीक्षण गरियो, जसमा २ जनामा असामान्य रिपोर्ट देखिएपछि तत्काल रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए। पाँच जनामा रिङ पेसरीसमेत राखिएको उनले बताए।“हाम्रो गाउँ वस्तीमा धेरै महिलाले जीवनभर पहिलोपटक व्यवस्थित स्त्रीरोग सेवा पाएका छन्,” रोकायाले भने, “पहुँचका कारण लक्षण लुकाएर बस्ने प्रचलन अब यसरी बदलिँदै छ।”बालरोग उपचारका लागि ६५ अभिभावक आफ्ना बालबालिकासहित सहभागी भए।

सामान्य चिकित्सकीय परीक्षणमा ५५ जनाले रक्तचाप, सांघातिक समस्या, चिनी जाँच, श्वासप्रश्वास, ग्यास्ट्रिक, पेट तथा छाला सम्बन्धी सेवाहरू लिएका थिए।त्यस्तै ६० किशोर–किशोरीले प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य तथा परिवार नियोजनसम्बन्धी परामर्श पाएको शिविरमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिए।सिंजा गाउँपालिका, पेस नेपाल र प्लान इन्टरनेशनल नेपालको समन्वयमा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको औषधि तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।गाउँपालिका अध्यक्ष पूर्ण धितालले स्वास्थ्य सेवा गाउँ–गाउँमा पुर्‍याउने प्रयास यसपटक मूर्त रूप लिन सफल भएको बताए।“औषधि र सेवा प्रतिष्ठानले निःशुल्क उपलब्ध गराएको हो, गाउँपालिकाले सहकार्य मात्र गरेको हो,” उनले भने, “आगामी वर्षदेखि वडानैपिच्छे नियमित निःशुल्क स्वास्थ्य शिविर सुरु गर्ने योजना छ।”धितालले दुर्गम पहाडी भूगोलका बासिन्दालाई घरदैलोमै विशेषज्ञ सेवा उपलब्ध गराउन निरन्तर पहल चलाइने बताए।यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. पुजन रोकायाले शिविरमा सम्भव नभएका जटिल केसलाई प्रतिष्ठानमा लगेर पनि निःशुल्क उपचार गराइने घोषणा गरे।“यो हाम्रो आफ्नै क्षेत्र हो। यहाँका नागरिकलाई स्वास्थ्य सेवाबाट विमुख हुन दिन्नौं,” उनले भने, “आगामी दिनमा अन्य वडामा अझै व्यवस्थापित र ठूलो स्वास्थ्य शिविर सञ्चालन गर्न प्रतिष्ठान तयार छ।”६४ वर्षी जोैकली बुढा बिहानैबाट चेकजाँचका लागि शिविरमा पुगेकी थिइन्।

उनले आफ्नो उमेरमा पहिलेकै शारीरिक समस्या लिएर डाक्टर भेट्न धेरै टाढासम्म हिँड्नुपर्ने याद गरे।“पहिलोपटक गाउँमै डाक्टर आएर हेरे, औषधि पनि दिए। यो त हामीजस्तै बुढाबुढीका लागि ठूलो राहत भयो,” उनले खुशी व्यक्त गरिन्।त्यस्तै भाडगाउँकी ६७ वर्षीया प्याउरी रावतले हरेक १५ दिनमा नराकोट स्वास्थ्य चौकी धाउनुपर्ने त्रास हटेको बताइन्।“अब गाउँमै उपचार पाइने आशा जाग्यो,” उनले भनिन्, “यस्ता शिविरले हामीजस्ता दूरदराजका मानिसलाई धेरै बाँचाइदिन्छ।”शिविरमा काडागाउँ, रुघा, भाडगाउँ र जोडुगाउँका स्थानीयको उत्साहपूर्ण सहभागिता देखियो।

स्वास्थ्यकर्मीका अनुसार एकै दिनमा यति ठूलो संख्यामा उपचार पाउनु दुर्गम वस्तीका नागरिकका लागि अभूतपूर्व उपलब्धि हो।स्थानीयवासी, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीका दृष्टिमा यो शिविर न केवल स्वास्थ्य सेवा, तर ‘राज्यले आफूलाई नछाडेको’ अनुभूति गराउने एउटा महत्त्वपूर्ण प्रयासका रूपमा रहेको छ।सिंजा गाउँपालिकाले आगामी महिनादेखि वडानुसार लक्षित सेवा विस्तार गर्ने तयारी गरेको जनाइएको छ।

‘सिंजा जोडु दाँतमा बृहत् स्वास्थ्य शिविर : महिलादेखि बालबालिकासम्म उपचार

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स

‘सिंजा जोडु दाँतमा बृहत् स्वास्थ्य शिविर : महिलादेखि बालबालिकासम्म उपचार

आँखा शिविरबाट ६ सय वढि आँखाका विरामि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds