बांगेसिमलमाबाट अवैध चिनी बरामद


वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो ।

कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो । प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खडकाले बताए ।

एसपी खड्काका अनुसार बरामद गरेको चिनीको बजार मूल्य ७ लाख ८० हजार रहेको छ। बरामद चिनी, ट्रकसहित चालक राजकुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको सुर्खेत प्रहरीले जनाएको छ ।

बांगेसिमलमाबाट अवैध चिनी बरामद

आलेखः बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

बांगेसिमलमाबाट अवैध चिनी बरामद

सेनाको हेलिकोप्टर खराब मौसमका कारण लेकवेशीमा आकस्मिक