कांग्रेसले शुरु गर्याे, सय दिने अभियानः ‘सदस्यता घर–आँगन’


नेपाली कांग्रेस जुम्लाले पार्टी ‘सय दिने विशेष अभियान’ थालेको छ । अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सदस्य तथा भातृ तथा सुभेच्छु संगठन प्रमुख महेन्द्र कार्किले बताए ।
उनका अनुसार पाटी सुदृढीकरणका लागि थालिएको अभियानले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्ने शक्तिको निर्माण गर्न पनि सय दिने अभियान थालिएको हो । संगठन प्रमुख कार्कीले मङ्सिर १६ अर्थात (आइतबार) मा हुने उपनिर्वाचन धेरै स्थानीय तहमा कांग्रेसले जित्ने दाबी गरे । सक्षम साबित गर्न जित्नुको विकल्प नभएको समेत बताए।सय दिनको अभियानमा जुम्लाका विभिन्न गाउँपालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने गरेको छ । उनले पार्टी संगठन निर्माणको लागि नेपाली कांग्रेस जुम्लाले ८ वटै स्थानीय तहका ६० वटै वडामा नेता–कार्यकर्ता खटेका हुन् । जिल्ला प्रतिनिधिको रुपमा खटिने विभिन्न तहका नेता कार्यकर्ताले कार्य सम्पन्न पश्चात प्रतिवेदन समेत पेश गर्ने छन् । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ ।
पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ । कार्किले तिला गाउँपालिक – ६ र ७ वडामा प्रतिनिधिको रुम खटाएको बताए । कांग्रेस लाइ मजबुत बनाउन सबै जुट्नु विकल्प नभएको बताए ।






