२८ दिनसम्म पनि भेटिएनन् चिनको तिब्बतबाट हराएका गणेश लामा


चिनको तिब्बतबाट करिब एक महिना अघिदेखि हराएका जुम्लाको गुठिचौर गाउँपालिका – १ मणिसाँघु गाउँका ३८ वर्षीय गणेश लामा अहिलेसम्म सम्पर्क बिहिन छन् । गत साउन महिनको १८ गते देखि हराएका थिए ।

अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । उनी गत साउन १८ गते भएको व्यापार मेलामा हेर्न तिब्बत पुगेका थिए । गणेश मरिम्ला हुँदै तिब्बतको सिंगात्से प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकाको व्यापारिक मेलामा गएका थिए । डोल्पा जिल्लाकालाई मात्रै पास दिने भएकोले लामा लुकिछिपी तीब्बत पुगेका हुन् । लामा घर नफर्किएपछि आफन्तहरूले खोजी गरिदिन भन्दै यसअघि नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन् ।

प्रहरीले उनीसँगै तिब्बत गएका डोल्पाको जगदुल्लाका गाउँपालिका–४ का सिंहबहादुर महतरालाई प्रहरीले सोधपुछ गरेर तारेखमा छाडेको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले डोल्पा प्रहरीको आग्रहमा चीनको प्रहरीले पनि लामाको खोजीकार्य गरिरहेको बताए । गत साउन महिनाको ‘१८ गते बेपत्ता भएका लामाबारे २१ गते मात्रै डोल्पा प्रशासनलाई जानकारी प्राप्त भयो । त्यसपछि लामाको खोजी कार्यको लागि पहल सुरू गरिएको हो,’ दाहालले भने ।

लामा हराएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि पत्राचार गरिसकेको बताए । तर लामाको परिवारले भने डोल्पा प्रशासनले खोजीका लागि बेवास्ता गरेको आरोप लगाएका छन् । यता गुठिचौर गाउँपालिका– १ का वडा अध्यक्ष अर्जुनकुमार महताराले तिब्बतमा १२ बर्ष पछि लाग्ने ब्यापार मेलाका लागि गएका ३८ वर्षका गणेश लामा र ४५ बर्षिय सिंह महतारा मध्यका गणेश लामा हराएका र उनको अवस्थाका बिषयमा २८ दिन पुग्दा सम्ममा पनि सरकारले खोजीकार्यमा चासो नदेखाएको गुनासो गरे ।

वडाध्यक्ष महताराले जुम्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै आफ्नो वडाको नागरिक हराएको सबै निकायले प्रथामिकताका साथ खोजी कार्य गर्न अनुरोध गरे । महताराले यसको अपनत्व नेपाल सरकारले लिनुपर्ने बताए ।

२८ दिनसम्म पनि भेटिएनन् चिनको तिब्बतबाट हराएका गणेश लामा

YUGAAWHAN NATIONAL DAILY (2081-05-14)

२८ दिनसम्म पनि भेटिएनन् चिनको तिब्बतबाट हराएका गणेश लामा

सम्पादकीय: नागरिकलाई सुविधा दिने आवास गृह