सुर्खेत दैलेख सडक खण्डमा जीप दुर्घटना : दुई जनाको मृत्यु

सुर्खेत दैलेख सडक खण्डमा बोलेरो जीप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो । सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भे १ च २५६० नम्बरको बोलेरो जीप मंगलवार विहान ३ः५० बजेको समयमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक हवलदार तिलक सिंहले जानकारी दिए । ‘दुई जनाको लास रुखमा अड्किएको छ, दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल ल्याइएको छ ।’ उनले भने, ‘हाम्रो टोली घटनास्थलमा गएको छ, सबै कुरा अहिले नै खुलेको छैन ।’ उनकाअनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुर्खेत दैलेख सडक खण्डमा जीप दुर्घटना : दुई जनाको मृत्यु

ठगहरुले ठूला सहकारी बदनाम र समस्याग्रस्त बनाएः

सुर्खेत दैलेख सडक खण्डमा जीप दुर्घटना : दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु