शिक्षक नायकलाइ प्राथमिक आँखा उपचारसम्बन्धि तालिम

सल्यानमा शिक्षकलाइ प्राथमिक आँखा उपचार सम्बन्धि तालिम दिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका नगर शिक्षा शाखाको समन्वय तथा आइ केयर फाउन्डेसनको आर्थिक सहयोगमा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत शिक्षक नायकहरुलाइ प्राथमिक आँखा उपचार सम्बन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
नगरपालिका स्तरीय निमावि,मावि,उमावि र संस्थागत ६२ वढि विद्यालयका शिक्षकहरुलाइ प्राथमिक आँखा उपचार सम्बन्धि तालिम दिएको जनाएको छ ।बनगाड कुपिण्डे नगरपालिकाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटि उपशाखा देवस्थलको आयोजना र रेडक्रस सुर्खेत आँखा अस्पतालको आर्थिक,प्राविधिक सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको थियोे ।
आँखा उपचार केन्द्र देवस्थलबाट सम्पूर्ण आँखाको उपचार हुने गरेको जनाउँदै,विद्यार्थी र शिक्षकहरुको समेत छनौट पश्चात् चश्मा तथा आँखा चेकजाँच हुने जनाएको छ । सो कार्यक्रम रेडक्रस उप शाखा देवस्थलका सभापति पुष्कर विसि,नेत्र अधिकृत प्रेम दिक्षित प्रावि र निमावि,मावि तहका करिव ६२ वढि शिक्षकहरुको उपस्थिति रहेको छ ।
तालिम लिएर शिक्षक नायकहरुले विद्या लयमा विद्यार्थी तथा शिक्षकको आँखाको चकेजाच गर्ने र आवश्यकता अनुरुप आँखा उपचार केन्द्रमा रिफरसँगै रिपोर्ट पेश गर्ने जनाएको छ ।







