त्रिविमा स्ववियु चुनावको तयारी


त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारी थालेको छ । आउँदो फागुन १५ गते हुने स्ववियु चुनावका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु चुनाव गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु चुनावलाई तोकिएकै मितिमा सम्पन्न गर्नेबारे छलफल भएको बताए ।

त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु चुनावको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी चुनावको कामलाई अगाडि बढाउने बताए ।

हरेक दुई÷दुई वर्षमा हुने स्ववियु चुनाव २०६५ सालदेखि नियमित हुन सकेको छैन । वि.सं.२०६५ चैत ६ गते भएको स्ववियु चुनाव एकैपटक आठ वर्षमा वि.सं.२०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते स्ववियु चुनाव भएकोमा नौ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन सकेको थिएन ।

त्रिविमा स्ववियु चुनावको तयारी

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

त्रिविमा स्ववियु चुनावको तयारी

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च